Erani Mahal
बुटवलका हाेटलमा अबैध याैन क्रियाकलाप : हाेटल सञ्चालक पक्राउ
60854961_295948224615436_955941763107782656_n

बुटवल - बुटवलका हाेटलका काम गर्ने युवतीलाइ अबैध याैन क्रियाकलापमा लगाइएकाे छ । हाेटलमा काम गर्न बस्ने युवतीलाइ अबैध याैन क्रियाकलापमा बेश्याबृत्तिमा संलग्न गराएकाे भन्दै हाेटल सञ्चालक पक्राउ परेका छन् । गरिबीका कारण होटलमा भांडा माझ्न बसेकी किशोरीलाई होटलसंगै वेश्याबृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ परेका हुन् ।

बुटवल ११ कालिकानगरमा स्थित राप्ती मेनुका होटल सञ्चालक बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मिनाकुमारी बस्नेतलाइ पक्राउ गरिएकाे हाे ।

कपिलवस्तु घर भएकी १५ वर्षीया बालिका उनीहरुको होटलमा गरिबीका कारण भांडा माझ्ने काममा चार महिनादेखि काम गर्दै आएकी थिइन् । बालिकालाई सुरुमा झाडु पोछा गर्न भनेर होटलमा राखिएको थियो । तर, उनलाई अनैतिक काम लगाएको र होटल छोड्न नदिएको बयान बालिकाले प्रहरीमा दिएकी छन् ।

आफ्नो इच्छा विपरित अनैतिक काममा लगाएपछि विभिन्न बहानाबाजी गर्दै आफन्तसँग भारत जाँदै गर्दा बालिकालाई सुनौली नाकाबाट आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको थियो । आफन्त नेपालका सदस्यसँग बालिकाले होटलमा पीडा भएपछि भारत जान लागेको बताएकी थिइन् ।

राप्ती मेनु होटलबाट युवतीहरु जम्मा गर्ने र बुटवलमा रहेको सानो होटल देखि ठूला होटलहरुमा समेत युवती सप्लाई हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । बुटवलका अन्य हाेटलमा पनि यस्ता क्रियाकपाल हुँदै अाएकाे भन्दै प्रहरीले निगरानी बढाएकाे छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update