Erani Mahal
नेकपा पाल्पाका सदस्यहरूको सपथग्रहण (नामावली सहित)
60271342_2304677786267577_7884294791234584576_o

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको जिल्ला कमिटीका सदस्यहरूको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम सकिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको जिल्ला कमिटीका सदस्यहरूलाई केन्द्रीय नेता दलबहादुर रानाले सपथग्रहण गराउनुभएको हो । कमिटी १ सय ४५ सदस्यीय रहेको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज दलबहादुर रानाले आम कार्यकर्ता राजनीतिक, सैद्धान्तिक र वैचारिक रूपले सशक्त बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान प्रतिपक्ष नेपाली काङ्ग्रेसले जनतामा भ्रम मात्र सिर्जना गरिरहेको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा टिप्पणी गर्ने भन्दा काङ्ग्रेस राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा अनावश्यक टिप्पणी गर्दै हिडेको उहाँको भनाई छ ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव जगप्रसाद शर्माले नेकपाको तात्कालिक कार्यनीति जनताको जनवाद भएकाले त्यसको अन्तर्वस्तु बुझेर लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपाको नेतृत्वमा सरकारले देशको समृद्धिमातर्फ समाजवादको आधार तयार गर्ने दिशामा उन्मुख भएको उल्लेख गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जनप्रतिनिधि जनताप्रति पूर्ण रूपले इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य बसन्त घर्ती मगरले ५ वर्षका लागि निर्वा्चित सरकारले स्थायी सरकार हो भन्ने भावनाका साथ पार्टीको विचार बुझेर कनम गर्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले नेकपाको सरकारलाई असफल हुने छैन किनभने समाजवादको तयारी गर्ने अर्को विकल्प शक्ति छैन भन्नुभयो ।

प्रदेश सचिवालयका बलराम अधिकारीले जब पार्टी कमिटीहरू व्यवस्थित भएर चल्छ तब मात्र सरकार गतिका साथ चल्छ भन्नुभयो । कार्यक्रममा प्रदेश कमिटीका सदस्य राधाकृष्ण कडेलले स्वागत गर्दै लोभ मोहर स्वार्थबाट मुक्त भएर जनसेवाको भावनामा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य नेत्रप्रसाद पाण्डेयले प्रदेश कमिटिको परिपत्रबारेमा जानकारी दिनुभएको थियो । नेकपाका सचिव गिरबहादुर थापाको सञ्चालन र अध्यक्ष नारायणप्रसाद आचार्यको अध्यक्षतामा चलेको थियो ।

सदस्यहरुकाे सुचि हेर्नुहाेस

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update