Erani Mahal
श्रीमती बनाउँछु भन्दै युवती बेच्ने तीन भारतीय पाल्पामा पक्राउ
pakrau-police-1

पाल्पा । दुई जना बालिका र एक जना युवतीलाई भारततर्फ बेचबिखन गर्न लैजाने क्रममा प्रहरीले तीन जना भारतीय युवालाई पक्राउ गरेको छ । बिवाह गरेर श्रीमती भन्दै दुई बालिकासहित एक युवतीलाई भारततर्फ लैजाने क्रममा प्रहरीले भारत बिहारस्थित बेतियाका २१ वर्षिय मनोहर कुमार, २० वर्षका अभिजित कुमार र १९ वर्षका कालु कुमारलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय पाल्पाले गुल्मी धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले बिवाह गर्ने भनी प्रेममा पारेर भारततर्फ लगेका थिए । गुल्मीको तम्घासबाट भारततर्फ लैजाने क्रममा बालिका र युवतीसँगै तीन युवालाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।


दुई बालिका सहित युवतीलाई उद्दार गरी उनीहरूलाई परिवारको जिम्मेवारी लगाइएको प्रहरीले जनाएको छ । युवाले तम्घासबाट भारत जानका लागि बुटवलसम्मका लागि अर्कै व्यक्तिको नाममा बसको टिकट काटेका थिए । गुल्मीबाट सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका युवालाई मानव बेचबिखन तथा ओसारपोसार अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पीडित युवतीहरू क्रमस २०, १५ र १४ वर्षका रहेका छन् ।

तस्बिर । गुल्मीका दुई बालिकासहित युवती भारततर्फ लैजाने क्रममा पक्राउ परेका भारतीय युवालाई बुधबार सार्वजनिक गर्दै प्रहरी । तस्बिर : रेखीराम राना/पाल्पा

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update