Erani Mahal
अर्चले पाल्पामा महिलाहरुका लागि झिनिया बनाउने तालिम
61341480_2486128101419030_950118461764272128_n

हाेम राइ मगर पाल्पा, ७ जेठ । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा महिलाहरुका लागि झिनिया बनाउने तालिम शुरुभएको छ।

महिला समन्वय समिती निस्दी-६,अर्चले,पाल्पाको आयोजनामा र निस्दी गाउँपालिका,पाल्पाको आर्थिक सहयोगमा तालिम संचालन भएको हो।समितिका अध्यक्ष योमाया मश्राङ्गीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्यपाहुना निस्दी गाउँ कार्यापालिकाका सदस्य मिम्श्री बयम्बु रहनुभएको हो।

कार्यक्रममा बोल्दै मुख्यपाहुना कार्यापालिका सदस्य बयम्बुले सिकेको सीपले आत्म निर्भर गर्ने भन्दै सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।तालिममा अर्चलेका विभिन्न स्वास्थ्य आमा समूहका २४ जना महिलाहरुको सहभागिता रहेको छ।समितिका सदस्य निर्मला बयम्बुको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको संचालन मिम्श्री राना (सुनारी)ले गर्नुभएको हो।

तालिम २ दिन सम्म सन्चालन हुने छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update