Erani Mahal
जल्पाकाे साठीकाेलमा लिफ्ट खानेपानी याेजना सुरू
60507959_348424452691599_8624865101456867328_n

रानीमहल पाल्पा, ७ जेठ । पूवॅखोला गाउँपालिका-२, जल्पा साठीकोलमा लिफ्ट खानेपानी याेजनाकाे सिल्यान्स भएको छ । साठीकाेलका ६३ घरधुरीले पाएकाे खानेपानीकाे सास्ती कम गर्न यहाँ प्रदेश सरकारकाे सहयाेगमा लिफ्ट खानेपानीकाे याेजना सुरू भएकाे हाे ।

अहिले पर्याप्त खानेपानी नहुँदा यहाँका बासिन्दा घण्टाैँ लाइनमा बसेर एक गाग्राे पानीकाे जाेहाे गर्नुपर्ने अवस्था छ । प्रदेश नं ५ सरकारकाे एक घर एक धारा पुर्याउने लक्ष्य सहित ९० लाख रूपियाँमा यहाँ खानेपानीकाे याेजना सुरू भएकाे हाे ।

पुरानाे खानेपानीकाे धारामा लाइन राखेर पानी भर्दै यहाँका स्थानीय बासिन्दा ।

घरमा खाने पानी सुबिधा हुने भएपछि गाउँबासीमा खुसीयाली छाएकाे छ । वर्षाैदेखिकाे खानेपानीकाे समस्या अब छिट्टै हट्ने विस्वास रहेकाे स्थानीय बासिन्दा पूर्णबहादुर सारूले बताउनुभयाे । लिफ्टिङ गरी ३२० मिटर तलबाट दुइवटा २० हजारको ट्याङ्की बनाएर याेजना सम्पन्न गर्ने लक्ष्य रहेकाे डिभिजन कार्यालय पाल्पाका प्राविधिक शाेभाखर अधिकारीले जानकारी दिनुभयाे ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष बोम बहादुर सारूले यहाँका जनताले अब खानेपानीकाे समस्या भाेग्नु नपर्ने बताउनुभयाे । अहिलेसम्म माेटरबाटाे समेत नपुगेकाे साे स्थानमा बाटाे पुर्याएर खानेपानीकाे काम समेत छिटाे सम्पन्न गर्ने लक्ष्य रहेकाे छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update