Erani Mahal
घरमै पुगेर जेष्ठ नागरिककाे उपचार सुरू
60438119_2019354161706291_3567355649434058752_n

पाल्पा, ६ जेठ । पूर्वखोला गाउँपालिका भित्र रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको स्वास्थ जाँच तथा उपचार गरिएकाे छ । कार्यक्रम पूर्वखोला -३, रिङ्नेरहबाट शुरु भएकाे कार्यक्रममा जेष्ठ नागरिकलाइ घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले गरिएकाे हाे ।

कार्यक्रमको सुरुवात सत्रमा गाउँपालिका प्रमुख नुन बहादुर थापाले जेष्ठ नागरि हरु हिड्डुल गर्न नसक्ने र कतिपय जेष्ठ नागरिकहरुले आफ्नाे कमजोरीहरु बताउन नसक्ने अवस्था भएकाले स्वास्थ्य सेवा प्रदान गरिएकाे बताउनुभयाे । जेष्ठ नागरिक भनेका देशकै सम्पत्ति भएकाे बताउँदै थापाले स्वास्थ्य सेवा पूर्वखोलाका सबै गाउँमा सञ्चालन हुने बताउनुभयाे ।

गाउँपालिकाकै जेष्ठ नागरिक ९६ वर्षिय लक्ष्मी प्रसाद तिमल्सिनालाई स्वास्थ्य जाँच गरिएकाे थियाे । पूर्वखाेला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले उहाँको स्वास्थ्य परिक्षण गरेपछि सुगर टेस्ट तथा बिरामीको अवस्था र स्थिति हेरेर ग्यास्टिक तथा उच्च रक्तचापकाे औषधि बितरण गरिएको बताउनुभयो ।

पूर्वखोला भरी जम्मा २८० भन्दा बडि बृद्ध ८० बर्षका जेष्ठ नागरिक भएकाले उहाँहरुको स्वास्थ्य परिक्षणको लागि स्वास्थ्यकर्मी घर-घरमा पुग्ने शाखा प्रमुख ढकाले बताउनुभयो । ८८ वर्षकी जगिसरा आलेले स्वास्थ कर्मीहरु घरमा आउँदा आफू खुसी भएको बताउनुभयो ।

स्वास्थ परिक्षणको पहिलो दिन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहोन ढकाल, रिङ्नेरह स्वास्थ चौकीका अहेव रबिशंकर जैसवाल, सिलुवा स्वास्थ्य चौकीका अहेव मौसम राई, बिरकोट स्वास्थ्य चौकीका प्रमुख नर्वु दोर्जे शेर्पा, रिङ्नेरह स्वास्थ्य चौकीकी लक्ष्मी थापा, बिरकोट स्वास्थ्य चाैकीकी सरस्वती श्रेस्ठ परीक्षणमा खटिनुभएकाे छ ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update