Erani Mahal
ओकेबाजेलाई तानसेन नगरको साँचो हस्तान्तरण
60955632_549911988865740_9036300136367521792_n

रानीमहल पाल्पा, ६ जेठ । पाल्पा जिल्लामा २५ वर्षसम्म विभिन्न स्थानमा आर्थिक, भौतिक सहयोग गरेर समाज सेवा गर्नुभएका जापानी नागरिक काजुमासा काकिमी ओकेबाजेलाई तानसेन नगरपालिकाकाे साँचो हस्तान्तरण गरिएको छ ।


तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले तानसेन र आसपासमा शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरण, खेलकूद लगायतको क्षेत्रमा सामाजिक काम मार्फत पुर्याएको योगदानको कदर स्वरुप सोमबार साँचो हस्तान्तरण गर्नुभएको हो । प्रमूख शाहीले बाजेलाइ तानसेनकाे आफ्नै परिवारकाे सदस्यकाे रूपमा विस्वास गरेर साँचाे हस्तान्तरण गरेकाे बताउनुभयाे ।

यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले नगरपालिकाले विस्वास गरेर काजुमासाकाकीमि ओकेबाजेलाइ साँचाे हस्तान्तरण गर्नु पाल्पालीले दिएकाे एउटा उच्च सम्मान भएकाे बताउनुभयाे ।


साँचो हस्तान्तरणका क्रममा नगरप्रमुख शाहीले विकासमा सहयोग पुर्याएको योगदानको चर्चा गर्दै आगामि दिनमा समेत विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो । कार्यक्रममा समाजसेवी ओकेबाजेले आफूलाई नगरपालिकाले गरेको सम्मानले अझै समाजसेवामा लाग्ने प्रेरणा मिलेको बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update