Erani Mahal
गुल्मीको सामुदायिक वनमा भिषण आागोलागी, नियन्त्रण जारी
aaglagi-3

तिलाचन पाण्डे गुल्मी, ६ जेठ । गुल्मी दरबार गाउँपालिका वडा नं ४ को पिपलनेटा सामुदायिक बनमा सोमबार बिहान करिब १० बजे तिरबाट लागेको आगो शुक्रवार साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगोलाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र रेसुंगा नगरपालिकाको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र बहादुर खडकाले जानकारी दिनुभयो । खडकाका अनुसार आगलागी के कति कारण भएको र कसले लगाईदिएको भन्ने बारेमा केही नखुलेको भन्दै पहिले आगोलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको र त्यस पश्चात के कारण लागेको र कसले लगाएको भन्ने बारेमा अनुसन्धान जारी रहेको बताउनुभयो ।


बनमा लागेको आगो बस्तीमा फैलने हो की भनेर स्थानीयहरु त्रसित भएका छन् । आगो स्थानीय बस्तीमा फैलिने सम्भावना नभएको र स्थानीय सबै मिली आगोलाई नियन्त्रणमा लिने प्रयास रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


डिभिजन वन कार्यलयलाई थाहा नै छैन
यता जिल्ला डिभिजन वन कार्यलय गुल्मीका प्रमुख बोधराज सुबेदीले आगलागी संबन्धी आफूलाई थाहा नै नभएको बताएका छन् ।

उहाँसंग टेलीफोन गरि आगलागी बारे जानकारी लिन खोज्दा उहाँले उल्टै कहाँ आगलागी भएको छ र भन्दै प्रश्न समेत गर्नुभएको छ । पछि सुबेदीले आगलागी नियन्त्रणमा लिनका लागि सुरक्षाको टोली र दमकल गएको छ भन्ने सुनेको उनले बताउनुभयो । यता गुल्मीदरबार गाउँपालिकाका प्रमुख अशोक थापाले आगलागी नियन्त्रणमा लिनका लागि सबैको प्रयास जारी रहेको भन्दै करिब १० हेक्टर बनमा आगालागीले सखाप पारेको बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update