Erani Mahal
पत्रकार अर्याललाई वातावरण संरक्षण पुरस्कार प्रदान
IMG_5067-2

रानीमहल पाल्पा, ६ जेठ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वन, वातावरण तथा जैविक विविधताको क्षेत्रमा पत्रकारिताबाट उल्लेख्य योगदान पुर्याएकाले ‘संचार पुरस्कार, २०१९’ पत्रकार माधव अर्याललाई प्रदान गरेको छ ।


डब्लुडब्लुएफ नेपालको २६ औ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा पाल्पामा क्रियाशिल पत्रकार अर्याललाई पुरस्कार प्रदान गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, डव्लुडव्लुएफ नेपालका राष्टिय प्रतिनिधि डा. घनश्याम गुरुङले नगद, सम्मानपत्र प्रदान गर्नुभयाे । अर्याल कान्तिपुर दैनिकसँग आबद्ध हुनुहुन्छ ।

संरक्षण सम्बन्धी समाचार तथा लेख प्रकाशन गरी उल्लेख्य योगदान पुर्याएवापत यस वर्ष संरक्षण पुरस्कार दिएको कोषले जनाएको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

वन वातावरण, जैविक विविद्यता तथा वन्यजन्तुको क्षेत्रमा कलम चलाउने देशभरबाट एक पत्रकारलाई छनोट गरी यो पुरस्कार प्रदान गरिन्छ । वन, वातावरण, जैविक विविधतासम्बन्धी संरक्षण गरेवापत पुरस्कार प्राप्त गरेका पत्रकार अर्याल बिगत दुई दशकभन्दा बढी समयदेखि पाल्पामा रहेर पत्रकारिता गदै आउनुभएकाे छ ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update