Erani Mahal
पूर्वखाेलामा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
60344651_2289081891139142_1039684803516956672_n

डिल्लीराज पंगेनी पाल्प, ४ जेठ । पूर्वखोला गाउँपालिकाले करदाता सेवा कार्यालय पाल्पासँगकाे सहकार्यमा १ दिने अन्तरक्रिया कार्यक्रम गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले समग्र पक्षहरुको विकास र गाउँ समाजमा विकास गर्न सबै उद्यमी पसले संघ संथाहरुलाइ करको दायरामा ल्याइएको र गाउँपालिकाले करको दायरा फराकिलो बनाएकाे बताउनुभयाे ।

उहाँले करकाे दायरा फराकिलाे भएपनि अनावश्यक कर नलगाएको बताउनुभयो । कर दाताहरुको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष थापाले उधमीहरुलाइ नियमित रुपमा कर तिर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका भरिका १ सय जना उद्यमी तथा व्यवसायीहरुको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई वडा न ३ वडा अध्यक्ष निलकणठ भट्टराइ लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सागर पोखरेलको अध्यक्षतामा चलेको थियाे । कार्यक्रममा सहजिकरण गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत भेषराज पन्त र सागर पोखरेलले गर्नु भएको थियो ।

पूर्वखोला गाउँपालिका भरि बिबिध क्षेत्रलाइ करकाे दायरामा ल्याइएकाे छ । घर कर, मालपोत कर , ब्यबसाय कर , पर्यटन कर, संचार कर , बित्तिय कर , स्वास्थ्य व्यबसाय कर , गैर सरकारी संस्था, सबारी कर सडक मर्मत तथा पटके कर लगायत शीर्षकमा कर लग्ने गर्दछ । कार्यक्रममा व्यवसायी प्रबिन तिमिल्सिनाले गाउँपालिकाले करकाे विषयमा दिएकाे जानकारीले लाभान्वित भएकाे बताउनुभयाे ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update