Erani Mahal
तानसेन बजारमै ४ हजार गाजाका बाेट प्रहरीद्वारा नष्ट
IMG_9923-1-1

रानीमहल पाल्पा, ४ जेठ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ठूलो परिमाणमा लागुऔषध गाजाको बोट नष्ट गरेको छ । सदरमुकाम तानसेनभित्रै लागुऔषध गाजाको व्यवसायिक खेती हुने गरेको सुराकीको आधारमा स्थानीय बासिन्दाको समन्वयमा अबैध गाजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमूख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताउनुभयो ।


सामुदायिक प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत स्थानीय बासिन्दाको सक्रियतामा चार हजार बढी गाजाको बोट फडानी गरेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाको कमाण्डमा खाटिएको प्रहरी, स्थानीय बासिन्दा, नागरिक समाज, पत्रकार लगायतको रोहबरमा लागुऔषध गाजाका चार हजार बढी बोट नष्ट गरिएको हो ।


तानसेन–६, भीमसेन टोलमा रहेको एक कठ्ठा खाली जग्गामा व्यावसायिक रुपमै लागुऔषध गाजाको खेती गरेको जानकारी प्राप्त भएको आधारमा तत्काल उक्त स्थानमा पुगी गाजाको बोटलाई नष्ट गरिएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।

गाजा नष्ट प्रश्चात जग्गावाला र स्थानीय बासिन्दासँग सोधपुछ भईरहेको र खेती व्यावसायिक हो या प्रकृतिक रुपमा उम्रिएको हो भन्ने बारे थप अनुसन्धान भईरहेको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पाल्पाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग मिलेर सचेतनामुलक कार्यक्रम, विकृति विसंगती न्यूनीकरणका कार्याक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update