Erani Mahal
रामपुरमा चुरा बनाउने सीप सिकेर, चुरा उपहार
60342272_355723471961444_5099929765968609280_n

सीता डोटेल पाल्पा रामपुर ३ जेठ । रामपुर नगरपालिका वडा नम्बर ५ की मैना श्रेष्ठले ४ दिनमा नै उत्कृष्ट चुरा बनाउन जान्नुभयो । चुराको बुटिक सम्बन्धी वडा नम्बर ५ ले आयोजना गरेको तालिम लिनुभएकी उहाँले छोटो समयमा नै राम्रो चुरा बनाउन जानेको बताउनुभयो । त्यस्तै रानाटोलीकी बुद्धि रानाले इच्छा शक्ति हुने हो भने चुराबाट आर्यआर्जन गर्न सहजै सकिने सिप आफुले पाएको बताउनुभयो ।

मटेरीकी भगवती रेग्मी उमेरले ५० नाघिसक्नु भएको छ । उहाँले पनि महिलाहरुको प्रतिस्पर्धात्मक चुरा बुनाईमा निकै जिज्ञासु भएर दैनिक चुरा बनाउनुभयो । ‘‘बसिकन गर्ने काम निकै मन जाग्यो’’ रेग्मीले भन्नुभयो–अब आफ्ना घर र छिमेकीका छोरी बुहारी नातिनीलाई चुरा बनाउन सिकाउछु । त्यस्तै रामपुर बेझाँडकी शोभा श्रेष्ठले दिनभरि घरमा बसेर दर्जन बढी चुरा बनाउन सकिने भएकाले तालिम निकै फलदायी भएको बताउनुभयो । रामपुर नगरपालिका ५ का महिलाहरुलाई लक्षित गरि वडाले महिला आयआर्जन तथा सिपमुलक कार्यक्रम मार्पmत महिला समन्वय समितिले तालिम चलाएको हो ।

तालिम समापनका अबसरमा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले सामुहिक रुपमा महिलाहरु उद्यमशील बन्न आग्रह गर्नुभयो । नगरका महिलाहरुको उत्थानमा काम गर्न अझ धेरै बाँकी रहेको बताउदै आचार्यले नागरिकले जनप्रतिनिधिलाई घचघच्याउनु पर्ने बताउनुभयो । सहभागीलाई प्रमाणपत्र र उपहार स्वरुप चुरा प्रदान गर्नुुहुदै प्रमुख अतिथि आचार्यले सिकेका सिपले गाँउघर बजारमा आयआर्जन गर्न र सीप अरु महिलाहरुलाई पनि सिकाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा ५ नम्वर वडाका वडा सदस्य तथा न्यायिक समिति सदस्य बिष्णु प्रसाद बस्याल, वडा सदस्य तथा कार्यपालिका सदस्य सावित्रा गौतम, वडा सदस्यहरु काशीनाथ रेग्मी, मायाँ नेपाली, वडा सचिव सविता राना, अगुवा महिला सरस्वती डोटेल, पत्रकार सीता डोटेल, प्रशिक्षक सुस्मिता शर्मा भट्टराई, सहयात्री नेपालका अध्यक्ष राधिका भण्डारी, समृद्धि नेपालका अध्यक्ष सावित्रा गैरे, सहभागीहरु शान्ति न्यौपाने, बुद्धि रानाले बोल्दै तालिमले दिएको सीप र सीपमुलक व्यवसायबाट लिएर आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सोही अबसरमा चुरा बुटिक तालिममा उत्कृष्ट मैना श्रेष्ठ र सावित्रा पोखरेललाई साथै उमेरले पाको भएपनि सिकाईलाई उमेरले छेक्दैन भनेर हौसलाका साथ तालिम लिनुहुने तिर्थमाँया ढकाल र भगवती रेग्मीलाई पनि चुरा उपहार स्वरुप नगर उपप्रमुख सहित महिला समितिले सम्मान गरेको छ । ४० जना वडाका महिला दिदीबहिनी सहभागी तालिम समापनका अबसरमा तालिम सहभागी, प्रमुख अतिथि सहित १ दर्जन बढी पाहुना, महिला समिति सहित सहभागी झण्डै ७५ जना बढीलाई मायाँको चिनो स्वरुप महिलाहरुले उत्पादन गरेको चुरा प्रदान गरेका थिए ।

महिला समन्वय समिति अध्यक्ष नन्दकुमारी सिग्देल (सीता) को अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सहभागीलाई समिति उपाध्यक्ष सरस्वती सौमैले स्वागत गर्नुभएको थियो भने समितिका सहसचिव पुष्पा गौतममले धन्यवाद व्यक्त गर्नुभएको थियो । समितिका सचिव बिन्दु श्रेष्ठको सञ्चालनमा कार्यक्रम चलेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update