Erani Mahal
रामपुर महोत्सवको आयव्याय सार्वजनिक, २६ लाख बचत
60729049_431566494066376_3873831716674076672_n

सीता डाेटेल पाल्पा, ३ जेठ । रामपुर उद्योग वाणिज्य संघले गतवर्ष पुष र माघमा सञ्चालन गरेको दोस्रो रामपुर महोत्सवको आम्दानी खर्च सार्वजनिक गरेको छ ।

१२ दिनसम्म चलेको रामपुर महोत्सव तथा व्यापार मेला २०७५ खर्च सार्वजनिक गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघले २६ लाख २७ हजार ८ सय २ रुपँया बचत गर्न सफल भएको बताउनुभयो ।

कुल आम्दानी १ करोड १० लाख ८९ हजार ६ सय ५० रुपँया रहेकोमा ८४ लाख ६१ हजार ८ सय ४८ रुपैयाँ खर्च र २६ लाख २७ हजार ८ सय २ रुपैयाँ बचत रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । पत्रकार, कार्यसमिति सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागीतमा संघको सभाहलमा भएको कार्यक्रममा आम्दानी खर्च सार्वजनिक गर्दै अध्यक्ष ढकालले २ वर्षको अबधिमा भएको महोत्सव लक्ष्य भन्दा राम्रो भएको बताउनुभयो ।

उहाँले समयमा नै खर्च सार्वजनिक गर्ने सोच भएपनि संस्था तथा दाताद्धारा घोषणा गरिएको रकम समयमा नै नआउदा सार्वजनिक गर्न नसकिएको बताउनुभयो । सुविधा सम्पन्न संघको आफ्नै कार्यालय निर्माण, पर्यटकीय स्थलको संरक्षण तथा पहिचान र स्थानीय उत्पादनलाई प्रर्बद्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, सल्लाहकार, पत्रकार लगायत सरोकारवालाको सहभागीतामा आम्दानी खर्च सार्वजनिक गरिएको हो । बचत रकम संघको भवन निर्माणमा छुट्याउने साथै व्यवसायीको हितकोषमा जम्मा गर्ने, नगरपालिका सहित विभिन्न धार्मिक तथा पर्यटकीय संघसंस्थासँगको समन्वयमा पर्यटन प्रर्बद्धनमा खर्च गरिने संघका महासचिव खिमबहादुर क्षेत्रीले बताउनुभयो ।

संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा चलेको कार्यक्रमको कार्यक्रममा प्रेस सल्लाहकार छबि खनालले स्वागत र उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले धन्यवाद दिनुभएको थियो भने सञ्चालन संघका महासचिव खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ले गर्नुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update