Erani Mahal
प्रहरीद्वारा ट्याक्टर चालकलाई ज्याकेट र परिचय पत्र प्रदान
IMG_9682

रानीमहल पाल्पा, ३ जेठ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ट्याक्टर चालकलाई ज्याकेट र परिचय पत्र वितरण गरेको छ । ट्याक्टर चालकहरुमा आफ्नो पहिचान र चिनारी नहुँदा भोग्नुपरेको समस्यालाई समधान गर्न चालकलाई ज्याकेट र परिचय पत्र वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


सामुदायिक प्रहरी साभेदारी कार्यक्रम अन्तर्गत श्रीनगर यातायात व्यवसायि समितिका पदाधीकारी, ट्याक्टर व्यवासायि, ट्याक्टर चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी, पत्रकारको सहभागीतमा एक कार्याक्रमको आयोजान गरि चालको विवरण सहितको टल्कने ज्याकेट र परिचय पत्र वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताउनुभयो ।


तनसेन ६ बसपार्कमा एक कार्याक्रमको आयोजना गरि चालकलाई प्रदान गरिएको ज्याकेट र परिचयपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले सवारिचालकलाई दुर्घटना न्युनिकरण प्रति प्रतिबद्ध बनाउन जिल्लामै पहिलोपटक नयाँ खालको कार्यक्रमको सुवात गरिएको बताउनुभयो ।

प्रहरी नायब उपरिक्षक सापकोटाले जिल्लामा अझै पनि धेरै ट्याक्टर व्यवासायि समितिमा आवद्ध नभएकोले अबका दिनमा समितिमा आवद्ध भएर संगठित भएर सवारि चालकको सुरक्षा र हक अधिकारको वाकलतमा लाग्न आग्रह गर्नुभयो । अहिले समितिमा आवद्ध हुन आनाकानि गर्ने तर पछि कुनै दुर्घटना ,अफ्ठ्यारो र समस्या पर्दा जिउहजुर गर्नुपर्ने बाध्यता रहेकोले तत्काल समितिमा आवद्ध भई संगठनिक रुपमा अघि बढ्न ट्याक्टर व्यवासायिलाई आग्रह सुझाव दिनुभयोे ।


पहिलो चरणमा भएको परिचयपत्र र ज्याकेट वितरण कार्यक्रममा जिल्लाका ४० भन्दा बढी
ट्याक्टर चालकलाई वितरण गरिएको छ । ट्याक्टर चालकबाट सुरु गरिएको यो कार्यक्रमलाई विस्तारै ट्रिपर ,बस,ट्रक,जिपसँगै अन्य सवारि साधनका चालकलाई पनि अनिवार्य गरिने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।

पछिल्ला दिनमा वस्तविक चालक भन्दा पनि सहचालकले सवारि चलउदा दुर्घटना हुन सक्ने भएकोले वस्तविक चालक को हो भनेर चिनाउँन ज्याकेट र परिचयपत्र प्रभावकारी हुने प्रहरी नायब उपरिक्षक सापकोटाले दावि गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update