Erani Mahal
जल्पा स्वास्थ्य चाैकीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
60261384_297498464519943_5813876527405727744_n

डिल्लीराज पंगेनी पाल्पा, १ जेठ । पूर्वखोला गाउँपालिकाको संमन्वयमा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा पूर्वखोला -२ जल्पामा जल्पा स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सरको जाँच तथा पाठेघर खस्ने रोगीको जाँच भएकाे छ ।

यस्तै परिवार नियोजनकाे अस्थाइ साधन इन्प्लान्ट र आयु सिडि राख्ने तथा सेतो पानी बग्ने सम्स्याको उपचार तथा औषधि बितरण पनि भएकाे छ । शिबिरमा ८२ जाना बिरामीले निशुल्क सेवा लिएका थिए ।

पाठेघर खस्ने ६ जना समस्या भएकाकाे बुटवल अस्पताल रिफर गरिएको साथै पाठेघर खस्ने दोस्रो चरणकोला ४ जना बिरामीलाइ उपचार गरियाे । त्यसका साथै परिवार नियोजनको अस्थाइ साधन आयुसिडी राख्ने ३ जना इम्प्लान्ट राख्ने २ जना झिक्ने २ जनाले सेवा लिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय पाल्पाका नर्शिङ् अधिकृत कल्पना पौडेल प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या भएमा महिलाहरुलाइ सेवा दिन यो शिविर आयोजना गरिएको बताउनु भयो ।

पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले महिलाका लुकेका रोगहरुलाइ यो कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष नीर बहादुर सारुको अध्यक्ष स्वास्थ्य चौकी प्रमुख रेसम सुनारको संचालनमा भएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update