Erani Mahal
पाल्पामा एउटै गुणस्तरकाे पानीकाे मुल्य फरक-फरक !
Untitled-1-copy-1

रानीमहल, पाल्पा १ जेठ । तानसेनका दुई पानी उद्योगबाट बजारमा आएका मिनिरल पानीको खुद्रा मुल्य फरक–फरक भेटिएको छ । तानसेन बाँसटारीस्थित न्यु लुम्बिनी प्रोडक्सन प्रालिले उत्पादन गरेको डिङ्कअप मिनिरल वाटर र क्वालिटी प्रोडक्सनले उत्पादन गरेको पाल्पाली डीको खुद्रा मुल्य फरक–फरक भएको हो ।

एउटै प्रविधि अपनाएका पाल्पाली डी र ड्रिङ्क अपकाे मुल्य फरक- फरक छ । तस्विर : रानीमहल, पाल्पा ।


दुबै कम्पनीबाट उत्पादित शुद्ध प्रशोधित खानेपानी भएपनि यी दुबै कम्पनीले फरक मुल्य राखेर बजारमा पानी वितरण गरेका छन् । डिङ्कअपले खुद्रा मुल्य रु. २५ लेखेको छ भने पाल्पाली डीले खुद्रा मुल्य रु. २० लेखेको छ । खुद्रा मुल्य नराखी वितरण गरेको भन्दै उपभोक्ताको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले यी दुई उद्योगमा छड्के अनुगमन गरेको थियो ।

अनुगमनपछि खुद्रा मुल्य नराखी बिक्री गरेको, पानी प्रशोधनमा समस्या देखिएपछि अनुगमन गर्ने निकायले तत्काल सुधार गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि पानीको बोत्तलमा उपभोक्ताले देखिने गरी खुद्रा मुल्य टाँस गरेका उद्योगले फरक–फरक मुल्यमा बजारमा पानी वितरण गर्दै आएका छन् ।

एउटै प्रविधिबाट प्रशोधन गरी उत्पादन गरेको पानीलाई उद्योगले फरक–फरक मुल्य राखेर बजारमा पानी वितरण गरेपछि उपभोक्ता भने आश्चार्यमा परेका छन् । एउटै खालको पानीको मुल्य कसरी फरक–फरक भयो तानसेन बसन्तपुरका एक जना उपभाेक्ताले भने । उपभोक्ता झुक्किने गरी एउटा कम्पनीले रु.२५ र एउटा कम्पनीले रु.२० एक बोत्तल मिनिरल पानीको मुल्य राख्दा हामी अचम्ममा परेका छौँ ।

मिनिरल वाटरको फरक मुल्य परेपछि पानी बिक्रेता होटल तथा खुद्रा पसलका सञ्चालक पनि अलमलमा परेका छन् । एउटै खालको एक बोत्तल पानीलाई फरक मुल्यमा बिक्री गर्न आफूहरूलाई पनि अप्ठेरो परेको एक जना हाेटल सञ्चालकले भने । तानसेनबाटै उत्पादन भएका पानीको मुल्य फरक–फरक भनेपछि उपभाक्ताले प्रश्न गर्छन् मुल्य किन फरक भयो हामी पनि मुल्यका विषयमा अनविज्ञ छौँ हाेटल व्यवसायी भन्छन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पा सूचना अधिकारी हुमबहादुर पाण्डेले लागत मुल्यको आधारमा कम्पनीले मुल्य उल्लेख गर्न सक्ने तर पानी उत्पादन गर्ने प्रविधि र गुणस्तर एउटै भए मुल्य एउटै खालको हुनुपर्ने बताउनुभयो । मुल्य फरक परेको विषयमा उत्पादन गर्ने कम्पनीमा अनुगमन गरेपछि मात्र भन्न सकिने उहाँले जानकारी दिनुभयो ।

अहिले तानसेन बजारमा कम्पनीले १२ वटा बोत्तल पानीलाई एक सय ३० देखि एक सय ५० रुपियाँमा बिक्री गरिरहेको उपभोक्ताहरू बताउँछन् । यो मुल्यलाई हेर्ने हो पानी कम्पनीले प्रतिबोत्तल मिनिरल वाटरको मुल्य १२ रुपियाँ पर्छ । तर खुद्रा पसलबाट भने उपभोक्ताले एक बोत्तल पानीको दोब्बर बढी २५ देखि ३० रुपियाँ तिर्नुपरेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update