Erani Mahal
पाल्पाको हार्थोक–छहरा मोटरबाटो विस्तार (भिडियो सहित)
IMG_9580

रानीमहल पाल्पा, ३० बैशाख । जिल्लाको हर्थोक छहरा मोटरबाटोको विस्तार गरिएको छ । पाल्पा क्षेत्र नं. २ का संघीय सांसद सोम प्रसाद पाण्डेयले आफ्नो क्षेत्रमा पर्ने हार्थोक छहरा मोटरबाटोको स्तरउन्नतीमा सहयोग गरेपछि मोटरबाटोको विस्तार गरिएको हो ।


मोटरबाटो विस्तार भएपछि स्थानीयहरु उत्साहित बनेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष, सांसद विकास कोषको ५० लाख बरावरको रकम सहयोगमा पाण्डेयले यस क्षेत्रको मोटरबाटोको स्तरउन्नतीमा सहयोग गर्नुभएको हो । उहाँले आफ्नो क्षेत्रका स्थानीयको मागको आधारमा साँघुरो बाटोको चौडा गर्न सुरु गर्ने निर्णयका आधारमा १६ किमी बाटो ८ मिटर चौडा बनाइएको सांसद पाण्डेले बताउनुभयो । उहाँले अर्कोवर्षभित्रमा बाटो चौडाईसँगै पिच समेत गरिने बताउनुभयो ।


उहाँले यसलाई केन्द्रीय राजमार्जको रुपमा विकास गरेर लैजाने गरी काम अगाडि बढइएको बताउनुभयो । उपभोक्ता समिति मार्फत काम गराइएको बाटोमा सहमतिमै काम गरिएको समितिका अध्यक्ष नारायण बहादुर भाटले बताउनुभयो । सांसदको सहयोगमा गरिएको स्तरउन्नतीले ग्रामिण यातायात पहुँचमा सहयोग पुगेको तथा स्थानीयहरु उत्साहित र हर्षित भएको उपभोक्ता समितिका सचिव दिवाकर अर्यालले बताउनुभयो ।


बाटोलाई चौडा गर्ने, नाली निर्माण गर्ने र ग्राभेल, पिच लगायतको स्तरउन्नतीको लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम गरिने रिव्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।


मोटरबाटोको प्राविधिक सुधार गर्नु आवश्यक रहेको र नाली तथा ढलको व्यवस्थापन गर्न उपभोक्ता समितिलाई जिल्ला इन्जिनियर केदार नेपालले बताउनुभयो ।

भिडियो हेर्नुहाेस् :

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update