Erani Mahal
निस्दीमा सार्वजनिक सुनुवाइ सम्पन्न
nisdi

रानीमहल पाल्पा, ३० बैशाख । जिल्ला निस्दी गाउँपालिकाले र्सावजनिक सुनुवाई सम्पन्न गरेको । दोस्रो चौमासिक र्सावजनिक सुनुवाईका अवसरमा निस्दी गाँउपालिका भीत्र एक घरपनि राष्ट्रिय प्रसारण बाट बत्ति नवलेको कुरा राख्दै, यस क्षेत्रको समग्र विकासका लागि लक्षित बर्गको कार्यक्रम के भो, सार्वजनिक शोैचालय , खानेपानि, शिक्षा, स्वास्थ्य, रोजगार, सास्कृति भाषा कला संरक्षणमा, कोशेलि घर, करको दायरा , ऐन कति बने कति बाकि छन् जस्ता प्रतत्क्ष जनता सँग सरोकारका विषयमा कुरा उठेका थिय । आफ्नो ठाउँको विकासका लागि अत्यन्त चासो राख्दै स्थानियले प्रधानमन्त्रि स्वरोजगार देखि यँहा प्रदेश सरकारको कार्यक्रमको अनुगमन समेतका कुरा उठाएका थिए ।


गाँउपालिकाका उपप्रमुख रिता अर्यालको स्वागतबाट सुरु भएको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्यालले अहिले सम्मको उपलब्धि सुनाउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत बस्यालले बोल्दै मित्याल अरुङ्घखोला रामपुर मोटरबाटो ट्रयाक खोलिएको, बैकल्पीक उर्जा प्रर्बधन अन्तरगत २५ किलो वाट बायु उर्जा ८०% काम भैसकेको, यो ठाउमा फरका ६ ठाउमा लिफ्टीङ खानेपानिको काम भैरहेको लगाएतका कामका बारेमा बोल्द्रै २सय ८६ योजना सम्झौता भएको यो ९९.९८%को भएको बताउनु भएको छ ।

अधिकृत बस्यालले अनुमानित कुल आय ३९करोड ३५लाख ३२हजार ४सय ९१ रहेको र यसमा १०%जनश्रमदान समेत रहेको छ खर्च तर्फ अहिले सम्म पुजिगत र्खच ३ करोड ८१ लाख चालु खर्च तर्फ ११ करोड २५ लाख साथै आन्तरिक आय २० लाख अनुमान गरिएकोमा हाल सम्म २१लाख भैसकेको र अव २५ लाख पुग्ने अनुमान गरिएको बताउदै यस गाउपालिकाको समृद्धिको आधार पशु कृषि र पर्यटन हो भन्दै एक वडा एक उत्पादन जोड दिएको छ ।

कुरिलोको विउ वितरण, सुन्तला, सुर्यमुखि, स्थायी टनेल, उखु पकेट जस्ता पकेटलाई प्राथकिता दिदै काम भैरहेको छ । गाउँपालिका प्रमुख मुक्त बहादुर सारुले अनुगमनको पाटो दरो बनाउदै लगिएको र सवैकाम समयमै सम्पन्न हुनेमा ढुक्क हुन स्थानियलाई आग्रह गर्दै सवैका साथ र सहयोगले अहिले गाँउ पालीका सवै क्षेत्रमा अगाडि बढेको र अव विद्युतिकरण छिटै हुने समेत आसवासन दिनु भएको छ ।

सार्वजनिक सुनुवाईमा विषयगत कार्यालयका प्रमुखहरुले आफ्ना कुरारु र जनता जिज्ञासा मेटाउनु भएको थियो । कृषि शाखा प्रमुख नवराज घिमिरेले कृषिमा जनताबाट उठेका जिज्ञासा मेटाउदै हिजो सोयाविनको रस खाने बाट हरियो तरकारि खान थालेको स्मरण गराउदै बेमौसमी तरकारि उत्पादन हुने निस्दीमा अहिले पकेट क्षेत्र बन्दै गएको अबस्था रहेको बताउनु भएको छ ।


त्यसै गरि पशु शाखा प्रमुख ओम मश्रांङ्गीले वोल्दै निस्दी गाउँपालिका मासुमा आत्मनिर्भर रहेको र यहाँ बाट खसि र लोकल कुखुरा निर्यात हुने गरेको बताउदै यसलाई व्यवस्थीत गर्ने योजना रहेको साथै । भकारो सुधार, वंगुर खोर सुधार, पशुमा देखिएको विभिन्न रोगहरु नियन्त्रण गरेको बताउनु भएको छ ।

सार्वजनिक सुनुवाईमा उपाध्यक्ष रिता अर्याल, नेकपाका नेता देविलाल लामिछाने, रेडियो रामपुरका स्टेशन प्रवन्घक बासुदेव ढकाल लगायतले शुभकामना दिनुभएको कार्यक्रमको सहजिकरण पत्रकार राजेन्द्र लिगल र सन्चालन नेत्र गैरेले र्गनु भएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update