Erani Mahal
सिलुवामा खानेपानी याेजना निर्माण अन्तिम चरणमा
60303443_448456052628865_4201605667741499392_n

डिल्लीराज पंगेनी पाल्पा, ३० बैशाख । पूर्वखोला गाउँपालिका -१ सिलुवा मस्लाङ खानेपानी लिफ्टिङको काम अन्तिम चरणमा पुगेको छ । ४ महिना अघिबाट सुरु भएको कार्यक्रममा संसद विकास काेष पाल्पा क्षेत्र न १ बाट रु २० लाख र पूर्वखोला गाउँपालिका वडा कार्यालय सिलुवाबाट रु ३ लाख र स्थानीयको नगद ४ लाख सहित २७ लाख लागतमा खानेपानीको काम भैरहेको छ ।

वडा अध्यक्ष भोगबहादुर थापाले सिलुवा जनमार्ग बिद्यालय तथा मसंलाङ तथा दार्सिङ भन्ज्याङका केही घर गरी जम्मा ८० घर धुरीलाई खानेपानिको पहुच लाई प्रथमिकता दिएर काम भइरहेको बताउनुभयो ।

देवन्दीको मुहानको पानीलाई लिफ्टिङ गरी पानी बितरण गर्ने अध्यक्ष थापाले बताउनुभयो । निर्माण समितिका अध्यक्ष तारा बहादुर नेपाली ले लिफ्टिङ को लागि २ बटा २३ घन लिटरको सेफ्टी ट्यान्की बनी सकेकाले अब लाइन जोड्न र पाइपहरु बिक्षायाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँले अागामी दशैसम्ममा समुर्ण काम गरि सकिने बताउनु भयो । स्थानीयको ८० घर परिवारले १२ दिन जन श्रमदान गरि सकेको अब पानी घरमै आइ पानी लिन जान पर्ने बाध्यतालाइ निराकरण भयको बताउनुभयाे ।

स्थानीय उपभोक्ता तथा गाउकार्यपालिका सद्स्य राजु परिवार परिवारले २०० मिटर भन्दा तलबाट उकालाेबाट खानेपानी बोक्नु पर्ने बाध्यता छ । यो बाध्यता अब छिटै निराकरण हुने आसा लिएको उहाँले बताउनुभयो । स्थानीय उपभोक्ता लिमि सरा मश्राङीले गाइबस्तुलाइ पानी खुवाउन समेत १ घण्टा हिडेर पानी ल्याइ दैनिकी टारेको मा पानी घर घर आउने भयपछि आफू खुसी रहेको बताउनुभयो ।

यस्तै उपभोक्ता पोस बहादुर आले ले बिहानै ४ बजे उठेर पानी लिन जान पर्थ्यो अब भने छिटै आसाबादी रहेको उहाँले बताउनु भयो । यहाँ जनमार्गमा अध्यनरत विद्यार्थी बडा कार्यालय लगायत १५ सय बढी व्यत्तीहरूलाइ सिलुवा मसलाङ खानेपानीले टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update