Erani Mahal
टुकी बिस्थापन गर्न साेलार वितरण
60333789_341145196544684_8767228342307913728_n

धनबहादुर ठाडा पाल्पा, बैशाख ३० । निस्दी गाउँपालिका मित्याल पाल्पाको टुकी रहित कार्यक्रम अन्तर्गत मित्यालका ३० घर परिवारलाई सोलार वितरण गरेको छ । निस्दी गाउँपालिका ४ नम्बर वार्डका महिला सदस्य हेम कुमारी सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले सोलार वितरण गर्नुभएको हो।

पालिगाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को सत प्रतिशत अनुदानबाट सोलार पाएपछि स्थानीय धेरै खुशी भएका छन। कार्यक्रममा मुख्य पाहुना अर्याल , नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चा , वार्ड सदस्य मनप्रसाद सोती, रनबहादुर गाहा लगायतले बोल्नुभएको थियोे । कार्यक्रमको संचालन वार्ड सचिव सहवीर खनगाहाले गर्नुभएको थियोे ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update