Erani Mahal
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर एक युवा बेपत्ता
dubera

सीता डोटेल पाल्पा २९ बैशाख । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा कालीगण्डकी करिडोरका मजदुर बेपत्ता भएका छन् ।

नुवाकोट डुप्टेश्वर गाउँपालिका २ सानो ओडारे घर भएका २१ ब्र्षका डोस बहादुर तामाङ्ग गर्मीमा नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । करिडोरमा काम भैरहेको निस्दी गाउँपालिका १ बाकामलाङ्ग लितिपिरिङ्गघाटबाट नदीमा पौडी खेल्ने क्रममा मध्यान्ह १२ बजेतिर तामाङ्ग बेपत्ता भएका हुन् । उनीसँगै ४ साथीहरु पौडी खेल्न नदीमा गएका थिए ।

मजदुरीका लागि उनी ६ दिनअघि मात्र घरबाट आएका उनीहरुका साथीहरुले बताएका छन् । उनको श्रीमती र एक छोरी रहेको उनका काका कृष्ण तामाङ्गले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update