Erani Mahal
सांसद पाण्डेयको सहयोगमा हार्थोक–छहरा मोटरबाटो चौडा हुँदै
IMG_9563-copy

रानीमहल पाल्पा, २९ बैशाख । पाल्पा क्षेत्र नं. २ का संघीय सांसद सोम प्रसाद पाण्डेयले आफ्नो क्षेत्रमा पर्ने हार्थोक छहरा मोटरबाटोको स्तरउन्नतीमा सहयोग गर्नुभएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष, सांसद विकास कोषको ५० लाख बरावरको रकम सहयोगमा पाण्डेयले यस क्षेत्रको मोटरबाटोको स्तरउन्नतीमा सहयोग गर्नुभएको हो ।

उहाँले आफ्नो क्षेत्रका स्थानीयको मागको आधारमा साँघुरो बाटोको चौडा गर्न सुरु गर्ने निर्णयका आधारमा १६ किमी बाटो ८ मिटर चौडा बनाइएको सांसद पाण्डेले बताउनुभयो । उहाँले अर्कोवर्षभित्रमा बाटो चौडाईसँगै पिच समेत गरिने बताउनुभयो ।


उहाँले यसलाई केन्द्रीय राजमार्जको रुपमा विकास गरेर लैजाने गरी काम अगाडि बढइएको बताउनुभयो । उपभोक्ता समिति मार्फत काम गराइएको बाटोमा सहमतिमै काम गरिएको समितिका अध्यक्ष नारायण बहादुर भाटले बताउनुभयो । सांसदको सहयोगमा गरिएको स्तरउन्नतीले ग्रामिण यातायात पहुँचमा सहयोग पुगेको उपभोक्ता समितिका सचिव दिवाकर अर्यालले बताउनुभयो ।


बाटोलाई चौडा गर्ने, नाली निर्माण गर्ने र ग्राभेल, पिच लगायतको स्तरउन्नतीको लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम गरिने रिव्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।


मोटरबाटोको अनुगमन
सांसद पाण्डेले एक कार्यक्रम गरेर बाटोको अनुगमन समेत गर्नुभएको छ । पत्रकार, स्थानीय उपभोक्ता र प्राविधिक सहितको टोलीले बाटोको अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा पाण्डेयले समयमै काम सक्न उपभोक्ता समितिलाई निर्देशन समेत दिनुभयो । उहाँले बाटो निर्माणको क्रममा कुनै पनि अवरोध हुन नदिन र आफूले बजेट कम भएमा थप बजेटको समेत व्यवस्थापन गर्ने भएकोले ढुक्कले काम गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update