Erani Mahal
'तानसेन मेयर कप-२०७६' दाेस्राे दिन : पाल्पाली क्रीकेट र पाल्पाली लेजेण्ड्स विजयी
60340283_298996034358046_525312871538622464_n

विजयकुमार बौडेल पाल्पा, २७ बैशाख । 'तानसेन मेयर कप-२०७६' को दोश्रो दिनको खेलमा पाल्पाली क्रीकेट प्लेयर्स र पाल्पाली लेजेण्ड्स विजयी भएका छन् । पाल्पालेस क्रीकेट प्लेयर्स र दिपप्रगति बिच भएको पहिलो खेलमा पाल्पाली १७ रनले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै पाल्पालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनायो । पाल्पालीका कप्तान अजय बस्यालले ६०, आशिश लोहनीले ३८ र सरन रसालीले ३६ रनको योगदान दिए । दिपप्रगतीका दिपेन्द्र रखालले ३ र कप्तान सुजित थापाले २ विकेट लिए ।

१७९ रनको लक्ष्य पछ्याउने क्रममा दिपप्रगती १८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १६१ रनमा समेटियो । दिपप्रगतिका दिपेन्द्र रखालले ४४, सुजित थापाले २२ र सन्तोश न्यौपानेले १९ रन बनाए । पाल्पालीका प्रद्युन सुनार र जोसेफ बिष्टले ३/३ विकेट तथा सरन रसालीले २ विकेट लिए । पाल्पालीका कप्तान अजय बस्याल प्लेयर अफ दी म्याच घोषित भए ।

शुक्रबार भएको दोश्रो खेलमा पाल्पाली लेजेण्ड्सले मणिमुकुन्देश्वर क्लबलाई १८४ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाल्पाली लेजेण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३३ रनको विशाल योगफल तयार गर्यो ।

लेजेण्ड्सका सागर थापाले ७२, अजय रसालीले ५४, पुर्णराज साक्यले ३८ र तेजेन्द्र जंग वीर रानाले २९ रन बनाए । मणिमुकुन्देश्वरका मनिस सिलवाल र समीर कार्कीले समान २/२ विकेट लिए । २३४ रनको लक्ष्य पछ्याउने क्रममा मणिमुकुन्देश्वर ८ ओभर ४ बलमा सवै विकेट गुमाएर मात्र ४९ रनमा समेटियो । मणिमुकुन्देश्वरका कोहि पनि खेलाडीले दोहोरो अंक बटुल्न सकेनन ।

लेजेण्ड्सका पुर्ण राज साक्यले ६ विकेट सहित प्लेयर अफ दि म्याच घोषित भए । दुवै खेलका प्लेयर अफ दी म्याचले १५/१५ सय रुपैँया प्राप गरेका छन । सेमिफाईनल अन्तरगतको भोलिको पहिलो खेल बिहान ९ बजे पाल्पाली क्रीकेट प्लेयर्स र दमकडा क्रीकेट क्लब तथा दोश्रो खेल दिउँसो १ बजे पाल्पाली लेजेण्ड्स र म्याक्स स्पोर्ट्स बिच हुनेछ । प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार रुपैँया प्राप्त गर्नेछन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update