Erani Mahal
अनाथ बालबालिकालाइ सहयोग गर्दै रैनादेवी छहरा गाउँपालिका
IMG_0006

भुवन रायमाझी बैशाख २७ पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले बिकास निमार्णका काम संगै गरिव अनाथ दिनदुखी असाअय र सहारा नभएका बालबालिकाहरुको संरक्षण समेत गरेको छ । गाउँ पालिका भित्र रहेका आमाबुबा गुमाएर संरक्षरण नपाएका बालबालिकाहरुको लालन पालन शिक्षा दिक्षा समेत दिन थालेको छ ।

रैनादेवी छहरा ४ अमलाबास बिसौना बस्ने ३ जना बालबालिका लाई अबस्था अत्यन्तै नाजुक भए पछी उनका अंकल वडा पालिका पुगेर समस्या राखे पछी गाउँ पालिका र वडा पालिकाले उनीहरूको पालनपोषण र पढाइको व्यवस्था गरेको बेसहारा बनेका बालकका अंकल चन्द्र बिटालुको भनाइ छ । आज एक कार्यक्रम गरेर वडा पालिका र गाउँ पालिकाले बालबालिका का अंकल लाई ३ बोरा चामल, कपडा स्कुल झोला, जुत्ता चप्पल, कापि किताब र दैनिक खाजा खर्च समेत वडा पालिकाले सहयोग गरेको रैनादेवी छहरा गाउँ पालिकाका प्रबक्ता बिष्णु पोखरेलले जानकारी दिनु भयो ।

साम्रार्गी हस्तारण कार्यक्रममा बोल्दै गाउँ पालिकाका प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले गाउँपालिकाभित्र रहेका क कुनै पनि अनाथ र सहारा नपाएर दुख पाएका बालबालिकालाई विद्यालय शिक्षाको अवसरका लागि आफूहरूले जुनसुकै सहयोग गर्ने बताउदै बेसाहारा बनेका बालकका लागि पोशाक, स्टेशनरी, खाद्यान्न सहित ओढ्ने बिछ्याउने कपडा गाउँपालिकाको वडा कार्यालयले व्यवस्थापन गरिदिने नियर्ण समेत गरेको बताउनु भयो।

कार्यक्रममा रैनादेवी छहरा ४ नम्बर वडा सचिव रविन्द्र रायमाझी वडा नम्बर तिनका अध्यक्ष लाल बहादुर र्दलामी लगाएतको उपस्थीतमा साम्रर्गी हस्तारण गरिएको थियो ।अहिले बाबुआमाको मृत्युपछि बेसाहारा बनेका सुसिल सुसन र बिसाल बिटालु पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले विद्यालय जाने वातावरण मिलाए संगै सल्लेरी प्राथमिक विद्यालयमा भर्ना भई नियमीत बिधालय जाने आउने गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update