Erani Mahal
पाल्पाको  सिद्धबावा सडकखण्ड दिन प्रतिदिन जीर्ण बन्दै
siddbaba

रानीमहल पाल्पा, २७ बैशाख । पाल्पाको सिद्धबावा सडकखण्ड दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । सडक भरी ठुला– ठुला खाडल भएपछि साना तथा ठुला सवारी साधन आवागमनमा निकै समस्या भएको छ । जसले गर्दा यात्रुहरु उच्च दुर्घटनाको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

सडक डिभिजन कार्यालय पाल्पाले सो सडकको लागि मर्मत सम्भार भन्दै ६० लाख वजेट आएको बताउँदै अव छिट्टे काम शुरु गर्ने जनाएको छ । वर्षातको समय आउन लाग्दा शिद्धवावा सडक खण्डको संरचना हेर्ने हो भने राम नाम जपेरै हिड्नु पर्ने अवस्था रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update