Erani Mahal
नेपाल एयरलाइन्सका पाइलट एवम् प्रवक्ता विजय लामा निलम्बित
bijaya-lama

काठमाडौं– नेपाल एयरलाइन्सका पाइलट एवम् प्रवक्ता विजय लामा निलम्बित भएका छन् । नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई निलम्बित गरिदिएको हो ।  

गत वैशाख ४ गते प्राधिकरणले पाइलट लामालाई सो अभिव्यक्तिबारे  स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको जनाइएको छ ।

एक सञ्चारमाध्यामलाई अन्तर्वार्ता दिने क्रममा  क्रममा ािइलट लामाले आवेशमा आएर नियमन गर्ने निकायलाई (प्राधिकरण)लाई चुनौती दिएका थिए । 

विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडानको अनुमति  किन दिने भन्दै प्रष्टिकरण सोधेको थियो। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update