Erani Mahal
पूर्वखोलाका किसानलाई मौरी घार र ड्रिल मेसिन प्रदान
mauri-kisan-1

डिल्लिराज पंगेनी पाल्पा, २७ बैशाख । पूर्वखोला गाउँपालिकाले कृषिलाइ प्राथमिकता दिय संगै अगुवा कृषकहरुलाइ मौरी घार र ड्रिल मेसिन प्रदान गरेको छ ।
गाउँपालिकाका किसानलाई कृषिमा आत्मनिर्भर र व्यवसायीक बनाउनको लागि मौरीको घार तथा सुन्तला जातको फलफुल रोप्न खन्ने गरी १० वटा डिरिल मेसिन समेत खरिद गरेर बितरण गरेको हो ।


गाउँपालिका भरी जम्मा ४० ओटा गोला सहित र ६० वटा खाली घार ५० प्रतिशत अनुदान र डिरिल मेशिन निशुल्क रुपमा बितरण गरेको गाउपालिका कृषि शाखा प्राबिधिक सन्तोष कँडेले रानीमहललाई जानकारी गराउनु भयो ।
पूर्वखोला गाउँपालिका ३ का बिक्रम न्यौपानेले मौरी घार पाएसंगै आफुले मौरी पालन गरेर राम्रो आम्दानी गर्ने बताउनु भयो । उहाँले किसानलाई आत्मनिर्भर र व्यवसायीक बनाउन सकेमा समृद्धिको लक्ष्य पहिल्याउन सकिने बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update