Erani Mahal
पाल्पामा विप्लव निकटको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ
mukti

रानीमहल पाल्पा, २६ बैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मुक्ति गैरेलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।


सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिवन्द लगाएसँगै देशभर विप्लवका कार्यकर्ता तथा सहयोगीहरुलाई पक्राउ गर्ने क्रममा पाल्पामा पनि गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख विश्वमणी पोखरेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीको टोलीले गैरेलाई तानसेनको बसन्तपुरबाट साँझ ८ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।

सरकारले नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिबिधिमा प्रतिबन्ध लगाउने निर्णय गरे अनुरुप नियन्त्रणमा लिएको एसपी पोखरेलले बताउनुभयो । र्गरेलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

पाल्पामा प्रहरीलले यस अघि अखिल नेपाल किसान संघका अध्यक्ष टोपलाल बस्याल र शिक्षक संगठनका अध्यक्ष विजय बुढालाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई अखिले हिरासतमै राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update