Erani Mahal
रामपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एकको मृत्यु एक घाइते
60013706_640185499762475_7134044195957768192_n

सीता डोटेल पाल्पा रामपुर २६ बैशाख । पाल्पाको रामपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

समाचार प्रतिनिधि तस्वीर गुगल

रामपुर नगरपालिका वडा नम्बर ६ बिजयपुर चोकमा किसानाबारी बाट विजयपुर तर्फ जादै गरेको लु ३ त ७९७२ नम्बरको ट्याक्टर र विजयपुर कै नयाँ बजारबाट विजयपुर तर्फ आउदै गरेको बा ४५ प ८३६८ नम्बरको आर वान ५ मोटरसाइकल ठोक्किदा रामपुर नगरपालिका ४ बागेंपसलका १९ बर्षका सञ्जु रानाको ज्यान गएका ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिं रानाले जानकारी दिनुभयो ।

अर्का सोही ठाउँका १८ बर्षका राहुल सुनारी गम्भिर घाइते भएका छन् उनलाई थप उपचारका लागि तानसेन लगिदैछ । बजार चोकमा गाडीको गति तिव्र भएकाले एक आपसमा ठोक्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update