Erani Mahal
प्रदेश सांसद आचार्यद्वारा स्यालो ट्युवेल र ग्याँस निस्किएको क्षेत्रमा अवलोकन
59818101_1807271419373424_2128267101029269504_o

रानीमहल पाल्पा, २६ बैशाख । प्रदेश सभा सदस्य एवम् नेकपा पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले जिल्लाको माथगढी गाउँपालिकाका विभिन्न स्थानमा संचालित स्यालो ट्युवेल र त्यस क्षेत्रमा निस्किएको ग्याँसको अवलोकन गर्नुभएको छ ।


विहिवार माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी, वडा नं. २ रुप्से र ३ नं. वडा कसेनीका स्यालो ट्युवेल र ट्युवेल गाड्ने क्रममा माथागढी २ रुप्से सोलेमा निस्कीको ग्याँसको अवलोकन गर्नुभएको हो । स्थानीय समाजसेवी तथा विद्यार्थी नेता राजकुमार पन्थीको अगुवाईमा जडान गरिएको स्यालो ट्युवेलको अवलोकन गर्नुभएको हो ।

उहाँले निरिक्षणको क्रममा ग्याँसको तत्काल प्राविधिक बोलाएर निरिक्षण गराउने बताउनुभयो । उहाँले यस क्षेत्रको विकासमा सक्दो पहल गर्ने बताउनुभयो ।


जिल्लामै पहिलो पटक जडान गरिएको स्यालो ट्युवेलले यहाँका किसानलाई व्यवसायीक खेति र सिंचाईमा सहयोग पुर्याउने स्थानीय युवानेता राजकुमार पन्थीले बताउनुभयो । उहाँले सांसद नारयाण आचार्य र आफ्नो विशेष पहलमा भूमिगत जलस्रोत तथा विकास कार्यालय वुटवलको सहयोगमा ट्युवेल गाडिएको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update