Erani Mahal
पूर्वखोलामा सूर्यमुखी खेतीको परीक्षण सफल
60180824_440158443218995_3705579868956655616_n

डिल्लिराज पङ्गेनी पाल्पा, २६ बैशाख । पाल्पाको पूर्वखोला गाउँपालिकाका किसानलाई सुर्यमुखीको परीक्षण खेती सुरु गरिएको छ ।


गाउँका किसानलाई व्यवसायिक र आत्मनिर्भर बनाउन सम्भावित क्षेत्रमा सूर्यमुखीको परीक्षण गर्दा कृषक खुसी भएका छन् । पूर्वखोला गाउपालिकाले कृषिलाइ आत्मनिर्भर गराउनको लागि सुर्यमुखिको परीक्षण खेतीको लागि गाउपालिकाबाट निशुल्क अनुदानमा ३० किलो सुर्यमुखिको बीउ बितरण गरेर खेतीको सुरुवात गरिएको हो ।


अहिले परीक्षणको रुपमा लगाएको सूर्यमुखीको उत्पादन सफल हुने देखिएको छ, गाउँपालिकाले निशुल्क वितरण गरेको विउबाट राम्रो उत्पादन योग्य नतिजा नै दिएको पूर्वखोला गाउँपलिका ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराइले रानीमहलसँगको कुराकानीमा जानकारी दिनुभयो । परीक्षणका रुपमा लगाएको सूर्यमुखीले राम्रो उत्पादनको संकेत दिएको छ, स्थानीय कृषक लक्ष्मण आचार्यले बताउनुभयो ।

अव यसलाई थप व्यापक बनाएर निरन्तरता दिनुपर्दछ आचार्यले भन्नुभयो ।
पूर्वखोला गाउँपालिका कृषि बिशेषज्ञ कमान सिह थापाले ३० किलो सुर्यमुखीको बीउबाट राम्रो उत्तपादन भयो भने ८ सय देखि हजार किलो सम्म उत्पादन लिन सकिने बताउनुभयो ।
सूर्यमुखी आयमुलक रुपमा खेत वारी जस्तो सुकै ठाउँमा लगाएर उत्पादनमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । यो तेलको लागि प्रयोग गर्ने गरिन्छ, सूर्यमुखी तुसारो को बेला बाहेक अरु समयमा लाभ लिन सकिने थापाले बताउनुभयो ।

गाउँपालिका कृषि प्राबिधिक सन्तोस कँडेलले यश बर्ष प्ररिक्षणको रुपमा रहेकाले यस्ले कस्तो उत्पादन दिन्छ त्यसलाइ आधार मानेर अर्काे बर्ष गाउँपालिका भरी सुर्यमुखीबाट आत्मनिर्भर हुने गरी खेती गर्ने योजना रहेको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update