Erani Mahal
पाल्पा रामपुरमा ७५ वर्षे वृद्ध मृत अवस्थामा भेटिए
death

रानीमहल पाल्पा २६ बैशाख :  पाल्पा जिल्लाको रामपुर नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका वडा न ३ का देव बहादुर मल्ल मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार बिहान रामपुर फाँट सिंचाइ आयोजनाको पनौदी खोलामा मल्ल मृत अवस्थामा फेला परेका थिए । बिहानको समयमा घाँस काट्न जाने महिलाहरूले उनको शव भेटेका थिए । उनको बाटोबाट नहरमा खसेर ज्यान गएको इलाका प्रहरी कार्यलय रामपुरको भुपाल सिंह रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update