Erani Mahal
पाल्पाको रुप्सेमा ग्याँस निस्क्यो : (हेर्नुहोस फोटो तथा भिडियो)
59500531_1295801053907140_816585321486483456_n

रानीमहल पाल्पा, २४ बैशाख । जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेमा प्राकृतिक ग्याँस निस्किएको छ । रुप्से सोलेमा सिंचाईको लागि पानी निकाल्नको लागि ट्युववेल गाड्ने क्रममा ग्याँस निस्किएको हो ।


पानी सिंचाईको लागि बोरिङ्ग ट्युव गाड्ने क्रममा पाइपमा पानी निकाल्ने क्रममा ग्याँस निस्किएको हो । स्थानीय ताराबहादुर कुमालको जग्गामा पानीको पाइप गाड्ने क्रममा ग्याँस निस्एिको स्थानीय राजकुमार पन्थीले बताउनुभयो ।

उहाँका अनुसार त्यस क्षेत्र भन्दा माथी कोइला खानी रहेको छ । पाल्पामा प्राकृतिक ग्याँस तथा कोइला खानीले सम्पन्न जिल्लाको रुपमा रहेको छ । तर यहाँका स्थानीय सरकारले प्राकृतिक स्रोत र साधनको उचित प्रयोग एवम् व्यवस्थापनमा ध्यान नदिदा त्यसै खेर गइरहेका छन् । कोइला, चुनढुंगा, फलाम लगायतका वस्तुहरु कौडीको मूल्यमा निकासी भइरहेको छ ।

पन्थीका अनुसार पाइपमा गन्ध आएपछि आगो ल्याएर राख्दा बलेको छ, यो प्राकृतिक ग्याँस नै भएको हुन सक्ने र त्यसको विस्तृृत अध्ययन अनुसन्धान गरिनुपर्ने रानीमहल संगको कुराकानीमा भन्नुभयो, सरकारले तत्काल यहाँ अनुसन्धान गर्नु पर्दछ ।





(हेर्नुहोस भिडियो)
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update