X

मुस्लिम समुदायको रमजान सुरु

अमृत अधिकारी || २४ बैशाख २०७६,मंगलवार ०८:३६

काठमाडौँ २४ वैशाख । मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु भएको छ । मंगलबारबाट सुरु भएको रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भनिन्छ ।्

सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।

रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।

अत्यन्त पवित्र आशीर्वाद एवं सौभाग्यले भरिपूर्ण रमजानमा मानिसहरूले अल्लाहप्रति प्रेम एवं समर्पण दर्शाउनुका साथै आफूले आफैंलाई अल्लाहले देखाएको बाटोमा कत्तिको दृढतापूर्वक लाग्न सकिएको छ भनेर जाँच्ने अवसर पनि हो । यसकारण रमजानमा अनिवार्य मानिएको रोजा राखेर दिनभरि भोकै-प्यासै रही अल्लाहलाई याद गरी धार्मिक नियमअनुसार चल्नाले स्वयं अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ ।

रमजानमा तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys