Erani Mahal
शिक्षा नै विकासको पहिलो सर्त हो  : आचार्य
59432367_400054247242770_8969967119554838528_n

पूर्वखोलाको सिलुवामा धार्मिक महोत्सव सुरु

डिल्ली राज पंगेनी पाल्पा, २२ बैशाख । पूर्वखोला गाउँपालिका १, सिलुवा ,पाल्पाको जनमार्ग माविलाई प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि आइतवारदेखि शैक्षिक धार्मिक मेला सुरु भएको छ ।
यस विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भौतिक निर्माण सहित विद्यालयको सर्वाङ्गीण विकास सहयोगार्थ आयोजित पाल्पा जनमार्ग मावि शैक्षिक, धार्मिक तथा सांस्कृतिक महाहोत्सव एवं एतिहासिक सङगीतमय लिलामय श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान माहायज्ञ झाँकी र्याली, कलस यात्रा सहित सुरु भएको हो ।


महोत्सवको प्रदेश सांसद नारायण प्रसाद आचार्यले उद्घाटन गर्नु भयको छ । कार्यक्रमको उद्ध्घाटन गर्दै प्रदेश सांसद आचार्यले जनमार्ग माविको भैतिक २ वर्षभित्रमा बनाउने बताउनुभयो । उहाँले विकासको पहिलो सर्तको रुपमा शिक्षा भएकाले शैक्षिक अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले आवासिय बिद्यालय र सवारी साधनको विकास सहित शैक्षिक गुणस्तरमा विकास गर्ने बताउनुभयो । कार्यक्रममा पूर्वखोला गाउपालिका अध्यक्ष नुन बादुर थापाले विद्यालयको विकासमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा गाउपालिका उपाध्यक्ष भागरथि भट्टराई, गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत भेषराज पन्त, वडा न १ सिलुवा वडा अध्यक्ष भोग बहादुर थापा, वडा न ३ बडा अध्यक्ष निलकण्ठ भट्टराई, पूर्व शिक्षक देवि प्रसाद पंगेनी, उद्ध्बुद्ध माध्यमिक बिद्यालयका प्रध्यापक लोकहरी देवकोटा लगायतले माहायज्ञको सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रम विद्यालयका शिक्षक श्याम बहादुर दिशाको स्वागत, विद्यालयको शिक्षक इश्वर न्यौपानेको संचालन र कार्यक्रम संयोजक गिरीमान आलेको अध्यक्षतामा चलेको हो । महायज्ञ बैशाख ३१ गते सम्म चल्ने महायज्ञको प्रमुख बाचक बालब्यास नारायण न्यौपानेबाट संगीतम लिलामाय कथा बाचन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update