Erani Mahal
प्रथम मुख्यमन्त्री रनिङ् शिल्ड प्रतियाेगिता सुरू
IMG_5429

रानीमहल बुटवल, २३ बैशाख । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ बुटवलमा साेमबारदेखि शुरु भएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक संयोजनमा सोमबार देखि बुटवलमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मार्चपास टर्च प्रशिक्षक चन्द्र बहादुर गुरुङलाई हस्तान्तरण गरि उद्घाटन गर्नुभयाे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारबाट १ सय ९ वटै स्थानिय तहमा पुर्वाधार निमार्ण गर्न बजेट बिनियोजना भएको बताउनुभयाे ।

खेलबाट समाजमा एकताको संदेश सिक्नुपर्ने भन्दै उनले खेलकुदको महत्वलाई सबैले बुझन जरुरी रहेको बताउनुभयाे । खेलकुद पुर्वाधार विकाससंगै प्रतियोगिता आयोजना महत्वपूर्ण पाटो भएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभएकाे छ । प्रदेश सरकार स्थापनाको पहिलो वर्षबाट नै खेलकुदको प्राथमिकतालाई जोड दिएर कार्यक्रमहरु राखिएको उहाँले जानकारी दिनुभयाे ।

प्रदेश खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम वलीले अन्य प्रदेशको तुलनामा पाच नम्बर प्रदेश खेलकुदमा अगाडी रहेको बताउनुभयाे ।

कुल पाच विद्याका १३ ईभेन्टका प्रतियोगिता बुटवल मण्डप, प्रहरी तालिम केन्द्र, जिल्ला खेलकुद विकास समितिको हल, बुटवल ब्याडमिन्टन कोर्टमा संचालन भैरहेको छ ।

रुपन्देहीका सन्तोष च्याम्पियन

रुपन्देहीमा जारी प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एथ्लेटिक्सतर्फ भएको ५ हजार मिटर पुरुष दौडमा रुपन्देहीका सन्तोष नापित प्रथम भएका छन्  यसैगरि छात्रातर्फ १५ सय मिटर दौडमा दाङकी सुमित्रा चौधरी प्रथम भइन । उनले दौड ५ मिनेट ३३.०३ सेकेण्डमा दौड पूरा गर्दैै उपाधि चुमेकी हुन । यसैगरि बर्दियाकी कल्पना थारुले ५ मिनेट ३४.०४ सेकेण्डमा दौड पूरा गरि दोस्रो भईन भने बाकेकी कमला जैसीले ५ मिनेट ३९.३ मिनेटमा दौड पूरा गरि तेस्रो स्थान हासिल गरिन । प्रदेश ५ प्रहरी तालिम केन्द्रको खेलमैदानमा सोमबार भएको खेलमा प्रदेशका १२ जिल्लाका खेलाडीहरुले भाग लिएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update