Erani Mahal
रैनादेवीछहराकाे दुर्गम गाउँ सत्यवतीमा स्वास्थ्य शिविर
shbir 98]lgfqphoto 1

भुवन रायमाझी पाल्पा, २३ बैशाख । पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा रहेको स्त्यवती स्वास्थ्य चौकीमा बिभिन्न रोग सम्बन्धी निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा सन्चालन भएको निशुल्क शिविर बाट दन्त रोग,मुटु रोग जनरफिजिसिएन, निशुल्क औषधी तथा ईसिजि रोग सम्बन्धी समस्या भएका जुठा बल्डेङगढी र सत्यवतीका ३२९ जना बिरामीहरुले सेवा लिएका थिय ।

शिविरमा स्त्रीरोग बिशेषज्ञ सतिश रुपाखेती, दन्तरोग सम्बन्धी बिशेषज्ञ क्षितिज क्षेत्री अन्य बिशेषज्ञ साईल भुषाल लगाएतका बिशेषज्ञको टोली ले स्वास्थ्य परिक्षण तथा औषधी बितरण गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थय साखा प्रमुख जिवन रानाले जानकारी दिनुभयो ।

शिविरको उद्ध्घाट गर्न पुगेका गाउँ पालिका अध्यक्ष राम बहादुर कार्कीले बेलाबेलामा ग्रामीण भेग तिर यस्ता खालका शिविर सन्चालन गरेर सामान्य स्वास्थ्य अबस्था कमजोर भएका मानिसहरु अकालमा मर्न नर्पर्ने बताउदै दुखि गरिव निमुखा र आर्थीक सामाजिक र भौगलिक हिसाबले पछाडी परेको समुदायमा स्थानीय सरकाले जुनसुकै बेला पनि सहयोग गर्ने बताउनुभयो ।

स्वास्थय सेवा लिन पुगेकी कौशिला गाहाले गाउँमै डक्टर सहितको टोली ल्याएर निशुल्क औषधी उपचार गर्न पाउदा खुशिको महशुस गर्नस भयो ।

निशुल्क शिविरमा रैनादेवी छहरा गाउँ पालिका कार्य समति सदस्य लक्ष्मण हिताङ ८ न, वडा अध्यक्ष थमन राना स्थानीयबासी र समाजसेवी र स्वास्थ्य कर्मीहरु उपस्थीत रहेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update