Erani Mahal
सिलुवाकाे जनमार्ग माविमा भाेलिदेखि महायज्ञ
59410500_645784095872629_1207011691372478464_n

रानीमहल पाल्पा, २२ बैशाख । पूर्वखोला गाउँपालिका १, सिलुवास्थित श्री जनमार्ग माबिलाई प्राविधिक शिक्षा सञ्चालन, शैक्षिक गुणस्तर वृद्धि भौतिक निर्माण सहित बिद्यालयको सर्वाङगीर्ण विकासका लागि भाेलीदेखि महायज्ञ हुने भएकाे छ ।

जनमार्ग माबि शैक्षिक, धार्मिक तथा साँस्कृतिक महाहोत्सव एवं एतिहासिक सङगीतमय लिलामय श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान माहायज्ञ बैशाख ३१ गतेसम्म संचालन हुने भएकाे छ ।

कार्यक्रममा बिद्यालयका प्रध्यापक श्यामबहादुर दिसाले विद्यालयकाे प्राबिधिक शिक्षा संचालनको शैक्षिक गुणस्तर बृद्धि गर्न तथा विद्यार्थीहरुलाइ कक्षा कोठा अपुग रहेको अवस्थामा त्यसलाइ व्यबस्थित गर्नको लागि माहायज्ञ गर्न लागेको बताउनुभयो ।

मुल बाचक बालयोग्यश्वर माहाराजबाट बाचन हुने भनेको कार्यक्रम विशेष कारणले बालयोज्ञश्वर उपस्थिति हुन नसेको कारण बालब्यास पण्डित नारायण न्यौपानेबाट कथा तथा संगितमय लिलामय कथा बाचन हुने बताउनुभयो ।

जनमार्ग माध्यमिक बिद्यालय पूर्वखोला -१ सिलुवाको एक मात्र बिद्यालय भएकाले विद्यार्थी संख्या पनि धेरै नै भयकाले माहायज्ञ गरेर बिधालयको सर्वाङिण बिकासमा प्रयोग गरिने उहाँले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य नारायण आचार्यले गर्नुहुने कार्यक्रम छ । महायज्ञ मूल अायाेजक समितिका संयोजक गीरमान आलेकाे अध्यक्षता र यज्ञ प्रचारप्रसार समितिका सद्स्य डिल्ली राज पंगेनीले गर्नुभएको थियाे ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update