Erani Mahal
पाल्पा रामपुरमा ८ वटा खुट्टा भएको बाख्रा जन्मियो !
59342981_654160064997415_630153431255875584_n

रानीमहल पाल्पा, २२ बैशाख । सामान्यतया पशु चौपायको दुई वटा कान रर ४ वटा खुट्टा भएको तपाई हामी सबैले देखेकै र भोगेको कुरा हो तर जिल्लाको रामपुर नगरपालिकाको एक कृषकको बाख्राले भने आश्चार्य जनक खालको बच्चा पाएको छ ।


रामपुर ६ तालपोखराका कृषक गोविन्दबहादुर घर्तीले पालेको बाख्राले अनौठो बच्चा जन्माएको हो । बाख्राले एउटा टाउको, आठ वटा खुट्टा, छातीबाट तल दुई भाग फाँटेर छुट्टीएको चार वटा कान भएको र पाठापाठी नचिनिने खालको जिउँदो बच्चा जन्माएको छ ।


यहाँको बाख्राले अनौठो खालको बच्चा जन्माइपछि आईतबार अनौठो बाख्राको बच्चा हेर्नेको भीड समेत लागेको छ । संगै जन्मिएका दुई वटा बच्चा भने अन्य बच्चा जस्तै स्वस्थ्य र सामन्य जन्मिएका थिए । एउटा बच्चा अचम्मको जन्मियो” गोबिन्दबहादुर घर्तीले भन्नुभयो ।


जन्मिएको डेढ घण्टामा अनौठो बच्चा भने मरेको थियो । विगत १२ वर्ष देखि घर्ती परिवारले बाख्रा पालनको सुरुवात गरेका थिए । घर्तीले पालन गरेका बाख्राले दुई पटक सम्म जुम्ल्याहा र लगातार तिम्ल्याहा पाठापाठी जन्माएको थियो ।
अहिले उक्त बाख्राको बारेमा थप अनुसन्धान भईरहेको घर्तीले रानीमहलसँगको कुराकानीमा बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update