Erani Mahal
पूर्वखोलामा विभिन्न सीपमुलक तालिम सुरु
59393578_862220007452816_2893760732808085504_n

डिल्लिराज पंगेनी पाल्पा, २२ बैशाख । जिल्लाको पूर्वखोलामा एकै समयमा विभिन्न तीन किसिमका सीपमुलक तालिम संचालन गरिएको छ । हाउस वाइरिङ , कृषि र पलम्बरिङ गरेर छुट्टाछुटै ठाउँमा गाउपालिकाका युवा हरुलाइ तालिम दिइएको हो ।


पुर्वखोला गाउपालिकाको आयोजनामा कृषि, मदनपोखरा पोलि इन्सिच्युटको सहकार्य, हाउस वाइरिङ घरेलु तथा साना उध्योग को सहकार्य र पम्बिङ शिभ इन्चिच्युट उप मल्टि टेक्निकल इन्सिचुटको सहकार्यमा २९० घन्टे तालिम संचालन भएको पूर्वखोला गाउपालिकाले जनाएको छ ।
गाउँपालिका भरी तालिममा २०÷२० गरेर ६० जाना तालिम सिकेको वडा न ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराइले जानकारी गराउनु भयो ।

पूर्वखोला गाउपालिका अध्यक्ष नुन बाहादुर थापाले गाउँमै सक्षम र दक्ष व्यक्ती गर्न गाउपालिकाभरिका युवा हरुलाइ रोजगारीको सुनिश्चिता गर्न तालिमले टेवा पुग्ने र जीवन उपयोगी सीप भएकाले यस्लाइ मेहेनेतका साथ सिकी ब्यवाहारमा लागू गर्न समेत आग्रह गर्नु भयो । तीन वटै तालिमको उद््घाटन गाउपालिका अध्यक्ष नुन बहादुर थापाले गर्नु भयको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update