Erani Mahal
कालीगण्डकीमा डुबेर १३ बर्षे बालकको ज्यान गयो
dubera

सीता डाेटेल पाल्पा रामपुर २१ बैशाख । जिल्लाको निस्दी गाउँपालिका १ भोटाहामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

कालीगण्डकी नदिमा पौडी खेल्न गएका निस्दी १ भोटाहाका १३ वर्षिय विक्रम रानाको डुबेर ज्यान गएको हो । शनिबारको दिन विहान १० बजे घरनजिकैको कालीनदीमा पौडी खेल्न गएका राना पौडी खेल्ने क्रममा डुबेका थिए । नदीमा डुवे लगत्तै उनका साथीहरुले छिमेकी आफन्तलाई जानकारी गराएका थिए । उनका छिमेकी आफ्न्तले पौडी खेलेर नदीबाट बाहिर निकालेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भूपाल सिं रानाले जानकारी दिनुभयाे ।

तर उनको नदीबाट बाहिर निकाल्दा ज्यान गैसकेको थियो । बालकको शव रामपुर अस्पतालमा पोष्ट्मार्टम पछि परिवारले बुझेका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update