Erani Mahal
तानसेनमा विद्यार्थीले गरे आफ्ना आमालाई सम्मान
59093823_2353829294943184_8343478081381466112_n

रानीमहल पाल्पा, २१ बैशाख । तानसेन नारायणस्थानस्थित देववाणी संस्कृत माविका विद्यार्थीहरूले आफ्ना आमालाई सम्मान गरेका छन् । माता तीर्थ औशीको अवसर पारेर विद्यालयले आयोजना गरेको कार्यक्रममा ८५ जना आमाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमूख अतिथि तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले यस्ता कार्यक्रमले नेपालीभित्रको जीवन्त संस्कृति बचाउन सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उप्रमूख लक्ष्मीदेवी पाठकले यस्ता सिर्जनशिल कार्यक्रमले संस्कार र सभ्यता नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा आमाको महŒव र नेपाली समाज र यसको प्रभावका विषयमा विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागी आमाहरूलाई अवीर र उपहार दिएर विद्यार्थीले सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य उमा अर्यालको अध्यक्षता र शिक्षक शेषनारायण चालिसेको संचालनमा कार्यक्रम भएको थियो ।

सोही अवसरमा विद्यार्थीहरूले आमाको महिमा झल्काउने गीत तथा नाच समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update