Erani Mahal
मुख्यमन्त्री रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय छनौट खेलमा रम्भा प्रथम
IMG_5848

रानीमहल पाल्पा, २० बैशाख । पाल्पामा प्रथम मुख्यमन्त्री रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय छनौट खेलमा रम्भा गाउँपालिका प्रथम भएको छ । महिला तथा पुरुष भलिबलमा रम्भा गाउँपालिकाको टोली प्रथम भएको हो ।


महिला भलिबलमा तानसेनलाई ३–२ को सेटमा रम्भाले पराजित गरेको छ । यस्तै पुरुषतर्फको भलिबल प्रतिष्पर्धामा रामपुरलाई ३–२ सेटमा रम्भाले नै जीत हासिल गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले जानकारी दिनुभयो । भलिबलमा पाल्पाका नौँ वटा स्थानीय तहबाट सहभागी भएका थिए ।


एथलेटिक्स, दौड, सटपुट, व्याडमिन्टन र बुद्धिचाल खेल प्रतिष्पर्धाबाट ४७ जना खेलाडी छनौट भएका छन् । भलिबलबाहेक अन्य विद्यामा दुई सय जना खेलाडी प्रतिष्पर्धामा सहभागी भएको थिए । छनौट भएका खेलाडी २०७६ बैशाख २३ गतेदेखि हुने मुख्यमन्त्री रनिङ् शिल्ड प्रतियोगितमा सहभागी हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update