Erani Mahal
सिकाई उपलब्धि बृद्धि गर्न १५ बुँदे निष्कर्ष सहित प्रधानाध्यापकहरुको  कार्यशाला सम्पन्न
ra

सीता डोटेल पाल्पा रामपुर २० बैशाख शैक्षिक गुणस्तरमा जोड दिदै सिकाई उपलब्धि बृद्धि र सिकाईलाई प्रभावकारी बनाउन आबश्यक रचनात्मक कार्य सहितको १५ बुँदे निष्कर्ष निकाल्दैै बर्तमान शैक्षिक अबस्था बिश्लेषण तथा भावी योजना निर्माण बिषयक प्रधानाध्यापकहरुको अन्तरक्रियात्मक कार्यशाला रामपुरमा सकिएको छ ।

रामपुर नगरपालिकाको कार्यालय शिक्षा शाखाको आयोजनामा रामतुलसी माविको हलमा भएको अन्तरक्रियामा नगर भित्रका सबै ६० विद्यालयका प्रध्यानाध्यापक सहित शिक्षा शाखा, नगर प्रमुख सहितको सहभागीतामा शिक्षाको भावी योजना निर्माणका बिषयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागी रामपुर नगरपालिकाका ५१ सामुदायिक विद्यालय र ९ वटा संस्थागत विद्यालयका प्रध्यानाध्यापकहरुले विद्यालय र कक्षा कोठा भित्रको शैक्षिक तथा भौतिक अबस्था बारेमा बताउदै आगामी शैक्षिक सत्रमा कार्यान्वयन गर्न सकिने सिकाई उपलब्धिका लागि गर्न सकिने रचनात्मक कार्यहरु प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रियाले प्राविधिक शिक्षामा छात्रबृत्ति, दरबन्दी मिलान, धोरै दरबन्दी भएको स्कुलमा दरबन्दी बराबरको अनुदान, तोकिएको न्युनतम सर्त अनुसार अनुदान, स्थानीय पाठ्यक्रम निर्माण, अभिभावक शिक्षा, शिक्षकलाई तालिम, मल्टिमिडिया आई सि टि को पहुँच, अनिवार्य कम्प्युटर शिक्षा र अनिवार्य बालकक्षा, कक्षा ८ जस्तै अन्य कक्षामा पनि परीक्षा व्यवस्थापन, पुरा समय कक्षामा नबस्ने समुदायका विद्यालयमा दिवा खाजाको व्यवस्थापन तथा विवाहका कारण कक्षा छाड्ने प्रबृत्ति कम गर्न सचेतना कार्यक्रम सञ्चालन लगायतका बिभिन्न निष्कर्ष सहित कार्यशाला सकिएको छ । कार्यशालामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शिक्षाको विकास नभईकन सामाजिक विकास नहुुने भएकाले प्राविधिक र व्यबहारिक शिक्षामा जोड दिनुभयो । नगरपालिकामा सबै सरोकारवालाहरुको समन्वयमा शिक्षाको विकासका लागि नगरपालिका सदैव सहकार्यमा अगाडी रहेको उहाँको भनाई थियो ।

शिक्षा चेतना, विकास, विचार संवाहक बोकेको संस्था हो त्यसैले रामपुर नगरपालिकालाई समृद्धि, शुसासन सहितको नगरपालिका बनाउनका लागि ठुलो जिम्मेवारी यहाँका शैक्षिक संस्था र प्रअहरुको भएको बताउनुभयो । उहाँले जुन वडा समुदायमा जस्तो शिक्षाको आबश्यकता हो त्यसरी योजनाका साथ अब विद्यालय लाग्नुपर्नेमा बताउदै विद्यालय क्षेत्र साच्चिकै जङफुड तथा मदिरा निषेध गर्नुपर्नेमा सबै प्रध्यानाध्यापकहरुलाई ध्यानाकर्षण गराउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले शिक्षा जगतलाई सुदृढ बनाउन प्रध्यानध्यापकको महत्वपुर्ण जिम्मेवारी हुने बताउनुभयो । सबै विद्यार्थीलाई शिक्षा दिन, समाजका जुनसुकै क्षेत्रमा विक्ने व्यक्ति बनाउन र प्राविधि सहितको शिक्षा दिन प्रध्यानाध्यापक, विद्यालय प्रशासन अभिभावकसँग समन्वय गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले नगरपालिका शिक्षा शाखाले शिक्षालाई व्यबहारिक तथा सिकाई प्रभावकारी बनाउन विद्यालयका अबस्थाका विषयमा प्रध्यानाध्यापकसँगको अन्तरक्रिया गरेको बताउनुभयो । उहाँले अब शिक्षाको भावी योजना निर्माण गर्दा प्रध्यानाध्यपापकहरुबाट आएका बिचार र सिकाई प्रभावकारी गराउन आबश्यक नयाँ–नयाँ अभ्यासलाई अबलम्बन गरि शिक्षा क्षेत्रका व्यक्तिहरुको रहोवरमा कार्यान्वयनमा लैजाने बताउनुभयो ।

कार्यशालामा सहभागी प्रध्यानध्यापकहरुले विद्यालयको अबस्था, विद्यार्थीको सिकाई उपलब्धि, समस्या, चुनौती, आबश्यक भौतिक संरचनाको बिषयमा नगरपालिकाका नगर प्रमुख लगायतको टिमलाई जानकारी गराउदै कक्षाकोठामा भएको राम्रो अभ्यासका बिषयमा बताएका थिए । नगरपालिका सामाजिक विकास समिति संयोजक एक बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संयोजक नेपालीले सिकाईलाई प्राथमिकतामा राखेर विद्यार्थी पढाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update