Erani Mahal
रामपुरमा अपाङ्गता भएकालाई बाख्राको माउ वितरण
58724857_323261371694353_5287483703520395264_n

सीता डोटेल पाल्पा। रामपुर नगरपालिका वडा नम्बर २ वडा कार्यालयले अपाङ्गता भएकाहरुलाई बाख्राको माउ हस्तान्तरण गरेको छ । वडाले लक्षित बर्गा अन्तर्गत वडामा सक्रिय वडा अपाङ्गता समन्वय समितिले अपाङ्गता भएका व्यक्तिहरुको दिगो आयआर्जनको लागि माउ बाख्रा वितरण गरेको वडाध्यक्ष तारा बहादुर थापाले बताउनुभयो ।


समितिले ग र घ वर्गका ८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई उन्नत जातको बाख्रा वितरण गरेको हो । शरीरको केही भागले काम नगर्ने तर सामान्य रेखदेख र आयआर्जन गरि जिविको चलाउन सक्ने अपाङ्गता चयन गरेर बाख्रा हस्तान्तरण गरेको थापाले बताउनुभयो । फरक क्षमता भएकाहरुको क्षमता पहिचान गरी बाख्रा दिइएको बताउदै थापाले आगामी दिनहरुमा यही बाख्रा बढाएर आम्दानी लिन आग्रह गर्नुभयो ।


वडा अपाङ्ग समन्वय समिति संयोजक रामबहादुर अधिकारीले वडाले विनियोजन गरेको ४० हजार रकमबाट यस वर्ष ८ जनालाई बोयर र जमुनापारी जातको बाख्रा वितरण गरिएको बताउनुभयो । आउदो वर्ष बाँकी अपाङ्गताहरुमा कार्यक्रम पु¥याउने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update