Erani Mahal
पाल्पाकै ठूलो डेढ करोड लागतमा रामपुरमा कभर्ड हल निर्माण हुँदै
58384279_2145311198850270_8482288366371471360_n

सीता डोटेल पाल्पा २० बैशाख । पाल्पामा नै सबैभन्दा ठूलो रामपुरमा बन्ने कभर्ड हल निर्माण कार्य तीव्र भइरहेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ७ मा बनाउने निर्णय भएसँगै कभर्डहल निर्माण थालिएको थियो । त्यसअघि स्थानीय तहले विभिन्न स्थानमा ठाउँ चयन गरेपनि कही स्थानीय बासिन्दाले रोकेका थिए त कही क्षेत्र नमिलेर अड्किएको थियो ।


झण्डै १ करोड ५० लाखको लागत अनुमानमा १८ मिटर चौडाई र ३० मिटर चौडाई क्षेत्रफल रहेको कभर्डहल निर्माण भइरहेको हो । जसमा केन्द्र सरकारले जिल्ला खेलकूद विकास समिति मार्फत दिएको २५ लाख अनुदान बजेटबाट अहिले कभर्ड हल निर्माणकार्य भइरहेको कभर्डहल निर्माण समितिका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका सदस्य कमल सेनले जानकारी दिनुभयो । गतबर्ष डिपिआर गरि निर्माण थालिएको हो । स्थानीय सरकारको समन्वयमा बन्ने कभर्डहलको डिपिआर पुरा गर्न ९ लाख ६७ हजार प्राप्त भएको थियो ।


थप १४ लाख ३३ हजार ७ सय ४० रुपया निर्माण अनुदान र ३ लाख ७२ हजार जनश्रमदान गरि जम्मा २८ लाख ८१ हजारको लागतमा कभर्ड हलको भुइँ बेसको काम भएको सेनले बताए । प्रत्येक बर्ष चरणबद्ध निर्माण हुने कभर्ड हल निर्माण आयोजनाको लागत अनुमान १ करोड ५० लाख छ । पहाडको समथर भुभाग रामपुर उपत्यकामा कभर्डहल नहुदा खेलकुदका पारखी र युवाहरुलाई खेलमा समस्या भएपछि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्दै कभर्ड हल निर्माण गर्न लागेको सेनले बताए । खेलकुदबाट यस भेगका नागरिक केन्द्रसम्म पुगेपनि खेलकुदका लागि उचित वातावरण नहुँदा खेल क्षेत्रको विकास सोचे जस्तो नभएकाले कभर्ड हल निर्माण कार्यलाई चासोका साथ लिइएको रामपुर युवा क्लबका सल्लाहाकार अशोक श्रेष्ठले बतउनुभयो । निर्माण सम्पन्नपछि कभर्ड हलमा क्रिकेट र फुटबल बाहेक अन्य खेल भित्र खेल्न सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update