Erani Mahal
निस्दीको मित्यालमा सूर्यमुखीको व्यावसायीक खेती सुरु
59358942_2134679786616291_8250157826542927872_n

धनबहादुर ठाडा, पाल्पा, २० बैशाख । पाल्पाको निस्दी गाउँ पाल्पा वार्ड नम्बर–४, मित्यालमा सुर्यमुखीेको व्यावसायीक खेती सुरु गरिएको छ ।


अहिले मित्याल मुढाबासका कृषकले लगाएको सुर्यमुखी खेतीले यतिबेला सबैको ध्यान तानेको छ । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र स्थानीय कृषकहरुको सहभागितामा मुढाबास सुर्यमुखी पकेट कार्यक्रम अन्तर्गत खेती गरेको हो ।


सँधै मकै लगाउने खेतमा यस वर्ष मुढाबासका ४५ घरधुरी कृषकहरुले १ सय ७२ रोपनी खेतमा सुर्यमुखी खेती लगाएको कृषक हर्ष बहादुर सुनारीले रानीमहलालाई बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय पाल्पामा २०६४ मा जनसुधार आई. पि. एम. कृषक पाठशाला दर्ता गरेर तरकारी बाली लगाउदै आएका मुढाबासका कृषकहरुले यस वर्ष सुर्यमुखी खेती गरेको आई.पि.एम. कृषक पाठशालाका अध्यक्ष मिन बहादुर सुनारीले बताउनुभयो ।


संधै परम्परागत खेतीले मात्रै कृषिमा सुधार नभएकोले पनि केहि राम्रो हुने आशामा सुर्यमुखी खेती गरेको अध्यक्ष सुनारीले भन्नुभयो ।


हाइब्रीड जातको सुर्यमुखी लगाएर मकैको उत्पादनले भन्दा बढी आम्दानी हुने आशा यहाँका कृषकहरुको रहेको छ । विरुवामा रोग लागेको खण्डमा कृषि प्राविधिकहरु आएर उपचार तथा सल्लाह दिदै आउनुभएको अध्यक्ष सुनारीले बताउनुभयो। सुर्यमुखी उत्पादन भएपछि यसको व्यवस्थापनमा पनि सघाउने निस्दी गाउँपालिका कृषि शाखा संयोजक नवराज घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update