Erani Mahal
पूर्वखोलाको सिलुवामा धार्मिक महोत्सव हुने
59410500_645784095872629_1207011691372478464_n

डिल्ली राज पंगेनी पाल्पा, २० बैशाख । पूर्वखोलका सिलुवामा रहेको जनमार्ग माविलाई प्राविधिक शिक्षा सञ्चालनका लागि शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भौतिक निर्माण सहित बिद्यालयको सर्वाङगीण विकास सहयोगार्थ आयोजित जनमार्ग मावि शैक्षिक, धार्मिक तथा साँस्कृतिक महोेत्सव एवं ऐतिहासिक सङगीतमय लिलामय श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान माहायज्ञ गरिने विद्यालयले जनाएको छ ।


यही २३ गतेदेखी ३१ गतेसम्म विश्व विख्यात श्रीमद्भागवत कथा प्रवत्ता वालयोगेश्वर महारजले वाचन गर्ने विराट नवाहा ज्ञान महायज्ञमा सम्पन्न गर्न विभिन्न तयारी गरिएको छ । यसैविच मोटरसाइकल र्याली, प्रचारप्रसाद लगायतको काम भएको प्रचार प्रसार संयोजक हरि भारतीले बताउनु भयो । महायज्ञको सम्पुर्ण तयारी भै सकेको कार्यक्रम संयोजक गिरमान आलेले बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update