Erani Mahal
चट्याङ्ग लागेर पाल्पामा दुईजना घाइते
chatang

रानीमहल पाल्पा, २० बैशाख । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ राजापानी धरमपानी भन्ने स्थानमा विहान चट्याङ्ग लाग्दा दुईजना घाइते भएका छन् ।


हावाहुरी र पानी सहित परेको चट्याङ्गले स्थानीय रनबहादुर राना र छविलाल सुनारीको घरमा हान्दा उहाँका छोरा २५ वर्षको रामबहादुर राना र ३० वर्षको दिलु सुनारी घाइते हुनुभएको छ ।
घाइते सुनारीको घाँटीसम्म पोलेको र दाँत समेत झरेको छ । उनीहरुको उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएको प्रहरी चौकी बल्ढेङ्गढीले जनाएको छ ।


चट्याङ्गले रानाको ढाड र शरीरमा पोलेको छ भने सुनारीको दाहिने हातको नारी, बाँया खुट्टा देखि घाँटी सम्म जलेको तथा अगाडिको दुईवटा दाँत समेत भाँचिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी चौकी बल्ढेंगढीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update