X
0
Shares

पाल्पाका चाैधरीकाे चक्कु प्रहारबाट यूएईमा मृत्यु

अमृत अधिकारी || ७ बैशाख २०७६,शनिबार १४:३२

रानीमहल पाल्पा, ७ बैशाख । पाल्पाकाे तानसेनबाट वैदेशिक राेजगारीमा जानुभएका तिलक चाैधरीकाे ज्यान गएकाे छ । यूएईको रसअलखेमामा एक नेपालीको चक्कु प्रहारबाट तानसेनका चाैधरीकाे ज्यान गएको हाे ।

एउटै कम्पनीमा कार्यरत सँगै बस्ने दुई नेपालीबीचको भनाभनले ठूलो रुप लिँदा चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईकाे चक्कु प्रहारबाट चौधरीको ज्यान गएको हो ।

गएको सोमबार दिउँसो रक्सी खाएका बेला उनीहरुबीच नेपालका आफ्नो गाउँमा भएको बिकास बारे भनाभन भएको थियो । भनाभनका क्रममा राईले तिलकलाई चक्कु प्रहार गरेको उनीहरु सँगै काम गर्ने साथीले बताएका छन् ।

‘कामगर्ने ठाउँबाट खाजा खान कोठामा आउँदा उनीहरु बसेर रक्सी खाँदै थिएँ, प्रत्यक्षदर्शी ती साथीले भन्नुभयो,‘ तिलकले पाल्पामा ठूल्ठूला गाडी चल्ने बाटो रहेको र देशकै नमुना जिल्ला भएका भने, अनि रमेशले आफ्नो गाउँको मान्छे देशको राष्ट्रपति भएको र पाल्पामा भन्दा भोजपुरमा विकास भएको भन्दै भनाभना गरिरहेका थिए ।’

भनाभनै क्रममा युगेन्द्रले तिलकलाई चक्कु प्रहार गरेका हुन् । घटनापछि स्थानीय प्रशासनले अनुसन्धानका लागि ३ जना नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना नेपाली छुटेर काममा फर्किएका छन भने राईलाई थप अनुसन्धानका लागि जेल चलान गरिएको छ ।

कम्पनीको क्याम्पमा ९ जना नेपाली बस्दै आएका थिए । राई र चौधरी एक वर्षदेखिसँगै बस्दै आएका थिए ।

घटनास्थल आबुधाबीबाट झण्डै २ सय ५० किलोमिटर टाढा पर्छ । घटना घटेको ५ दिन बित्दा पनि कम्पनीले अधिकारिक रुपमा दूतावासलाई जानकारी नगराएको दूतावासकी द्वितीय सचिव तथा सुचना अधिकारी बिष्णुकुमारी अधिकारीले जानकारी दिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys